कटुन्जेको यूनिटी सेकेण्डरी स्कुलमा अभिभावक अभिमुखीकरण सम्पन्न

कटुन्जेको यूनिटी सेकेण्डरी स्कुलमा अभिभावक अभिमुखीकरण सम्पन्न : Icon Khabar

भक्तपुर, फागुन २६ । सुर्यविनायक नगरपालिका वडा ५ कटुन्जेमा रहेको यूनिटी सेकेण्डरी स्कुलले २३ औँ स्थापना दिवसको अवसरमा एक दिने अभिमुखीकरण कार्यक्रम-२०८१ सम्पन्न गरेको छ ।

शिक्षाकर्मी संजय खड्काको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अभिभावक अभिमुखीकरण कार्यक्रममा प्रमुख अतिथि खड्काले विद्यालयले २३ औं बर्ष टेकिरहँदा शैक्षिक गुणस्तर र भौतिक संरचना लगायतमा निकै उपलब्धि प्राप्त गर्न सफल भएको बताए। उनले यूनिटी स्कुलको उत्कृष्ट व्यवस्थापन र नेतृत्वको पहलमा अभिभावकको साथले विद्यार्थीले २०८० को एसईई मा ४ जिपिए ल्याउन सफल भएको उल्लेख गर्दै यूनिटी स्कुल नै बालबालिकाको उज्ज्वल भविष्यको थलो भएकाले अभिभावकहरु अन्यन्त्र टाढा जानु नपर्ने बताए।

अभिमुखीकरण कार्यक्रमका प्रमुख वक्ता उत्प्रेरक विकास देव योन्जनले अभिभावक, विद्यालय र विद्यार्थी बिचको महत्वका बारे चर्चा गर्दै असल अभिभावकत्व के हो ? र कसरी निर्वाह गर्न सकिन्छ भन्ने बारे बताउँदै अभिभावकले बालबालिकाहरुलाई समय दिनु पर्ने, उनीहरुको व्यवहार र संगतमा पनि ध्यान दिनु पर्ने जस्ता विषयहरुमा प्रशिक्षण रेका थिए।

साथै CTF मन्टेस्वरी ट्रेनरले यूनिटी स्कुलमा मन्टेश्वरी तालिम प्रदान गर्दै आएको र विद्यालयमा मन्टेश्वरी पद्द्तिबाट शिक्षण कार्य सुरु गरिएको बताए। त्यसै गरी ४ जिपिए ल्याउने बोर्ड टपर आशिष थापा क्षत्रीले ४.० जिपिए प्राप्त गर्न मा विद्यालय र शिक्षकको प्रमुख भुमिका रहेको कुरा उल्लेख गर्दै विद्यालयमा विद्यार्थी मैत्री वातावरण नै आफू सफल हुन सक्नुको प्रमुख कारण रहेको बताए ।

यूनिटी स्कुलका प्रिन्सिपल विपिन गुमान्जुले विद्यालय २३ औँ वर्षमा प्रवेश गर्न सफल भएकोमा सम्पुर्ण अभिभावक प्रति हार्दिक आभार प्रकट गर्दै विद्यालयले यस शैक्षिक सत्र २०८१ देखि विशेष रुपले शैक्षिक क्रियाकलापका साथै विविध अतिरिक्त क्रियाकलाप तथा कार्यक्रम सन्चालन गर्न सफल भएकोले गर्दा विद्यार्थीको सिकाई र व्यवहारिक ज्ञानमा वृद्धि भएको बताए।

Published Date: 10 March 2025
ताजा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता