ब्यालेन्स सकिँदा र डाटा नहुँदा पनि खल्ती एप चलाउन सक्ने

ब्यालेन्स सकिँदा र डाटा नहुँदा पनि खल्ती एप चलाउन सक्ने : Icon Khabar

काठमाडौं, फागुन २५ । डिजिटल वालेट ‘खल्ती’ ले एनसेलसँग सहकार्य गर्दै आफ्ना प्रयोगकर्ताहरुका लागि नयाँ सुविधा विस्तार गरेको छ ।

यसअन्तर्गत एनसेलका सिम भएका प्रयोगकर्ताहरुले ब्यालेन्स सकिँदा र डाटा नहुँदा पनि खल्ती एप चलाउन सक्ने भएका छन् । निःशुल्क खल्ती एप चल्ने भएका कारण इन्टरनेट पहुँच नपुगेको ग्रामीण भेगका व्यक्तिहरुले पनि डिजिटल सेवामार्फत सजिलै आफ्नो एनसेलको रिचार्ज साथै डाटा र भ्वाइस प्याकेज खरिद गर्नसक्ने कम्पनीले जानकारी गराएको छ ।

यस सुविधाले सजिलै डाटा प्याक खरिद गरी इन्टरनेट पहुँच प्रदान गर्नेछ । यसका साथै एन्सेल र खल्तीको सहकार्यमा फागुन २५ र चैत्र ३ आकर्षंक उपहारको साथ फायर सेल्स घोषणा गरिएको खल्तीले जनाएको छ ।

उक्त दिनहरुमा खल्तीबाट एनसेलको डाटा वा भ्वाइस प्याक खरिद गर्ने सबै प्रयोगकर्ताले थप डाटा र भ्वाइस पाउनेछन् भने २ जनाले एयर बड जित्ने मौका पाउनेछन् । साथै, २० जनालाई एक जोडि फिल्म टिकट र २ जनाले ५ अप्रिलमा हुन गइरहेको जेमसन पाटन फेस्टको भीआइपी टिकट जित्ने मौका पाउने खल्तीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
Published Date: 09 March 2025
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने