ब्यालेन्स सकिँदा र डाटा नहुँदा पनि खल्ती एप चलाउन सक्ने

ब्यालेन्स सकिँदा र डाटा नहुँदा पनि खल्ती एप चलाउन सक्ने : Icon Khabar

काठमाडौं, फागुन २५ । डिजिटल वालेट ‘खल्ती’ ले एनसेलसँग सहकार्य गर्दै आफ्ना प्रयोगकर्ताहरुका लागि नयाँ सुविधा विस्तार गरेको छ ।

यसअन्तर्गत एनसेलका सिम भएका प्रयोगकर्ताहरुले ब्यालेन्स सकिँदा र डाटा नहुँदा पनि खल्ती एप चलाउन सक्ने भएका छन् । निःशुल्क खल्ती एप चल्ने भएका कारण इन्टरनेट पहुँच नपुगेको ग्रामीण भेगका व्यक्तिहरुले पनि डिजिटल सेवामार्फत सजिलै आफ्नो एनसेलको रिचार्ज साथै डाटा र भ्वाइस प्याकेज खरिद गर्नसक्ने कम्पनीले जानकारी गराएको छ ।

यस सुविधाले सजिलै डाटा प्याक खरिद गरी इन्टरनेट पहुँच प्रदान गर्नेछ । यसका साथै एन्सेल र खल्तीको सहकार्यमा फागुन २५ र चैत्र ३ आकर्षंक उपहारको साथ फायर सेल्स घोषणा गरिएको खल्तीले जनाएको छ ।

उक्त दिनहरुमा खल्तीबाट एनसेलको डाटा वा भ्वाइस प्याक खरिद गर्ने सबै प्रयोगकर्ताले थप डाटा र भ्वाइस पाउनेछन् भने २ जनाले एयर बड जित्ने मौका पाउनेछन् । साथै, २० जनालाई एक जोडि फिल्म टिकट र २ जनाले ५ अप्रिलमा हुन गइरहेको जेमसन पाटन फेस्टको भीआइपी टिकट जित्ने मौका पाउने खल्तीले जनाएको छ ।

Published Date: 09 March 2025


ताजा
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न
हिसान भक्तपुरद्वारा कक्षा १२ मा ३.६ जीपीए वा सोभन्दा माथि ल्याउने विद्यार्थी सम्मानित
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई, टिम वाङ्देनको शानदार जित


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली