स्वरोजगार लघुवित्त वित्तीय संस्थाको एफपीओ भर्ने आज अन्तिम दिन

स्वरोजगार लघुवित्त वित्तीय संस्थाको एफपीओ भर्ने आज अन्तिम दिन : Icon Khabar

काठमाडौं, फागुन २१ । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको एफपीओमा ९६ गुणा बढी आवेदन परेको छ ।

अन्तिम दिन बाँकी रहँदा १ करोड ८९ लाख ३७ हजार १६० कित्ताको आवेदन परेको छ । अंकित मूल्य १ सयका दरले जम्मा १ लाख ९५ हजार ७७३ कित्ता सेयर सर्वसाधारणका लागि खुलेको हो । न्यूनतम १० र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

इक्रा नेपालबाट कम्पनीले बीबी माइनस रेटिङ पाएको छ । अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिने बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको छ । हाल कम्पनीको चुक्ता पूँजी ६७ करोड ११ लाख रुपैयाँ छ । २१ गतेसम्म कम्पनीको एफपीओमा आवेदन दिन सकिनेछ ।

पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ छ भने वार्षिक प्रतिसेयर आम्दानी २६ रुपैयाँ २३ पैसा छ । दोस्रो बजारमा मंगलबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९९२ रुपैयाँ ५० पैसा छ ।

Published Date: 05 March 2025


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु