काभ्रेमा बस दुर्घटना हुँदा १८ यात्रु घाइते

काभ्रेमा बस दुर्घटना हुँदा १८ यात्रु घाइते : Icon Khabar

काभ्रे, फागुन १३ । बिपी राजमार्ग अन्तर्गत काभ्रेपलान्चोक जिल्लाको धुलिखेल नगरपालिका–१० शारदा बतासेमा यात्रुवाहक बस दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन् ।

मंगलबार काठमाडाैँबाट रामेछापतर्फ जाँदै गरेको बागमती प्रदेश–३–०१–००५ ख ९९४२ नम्बरको यात्रु बाहक बस आफै अनियन्त्रित भई सडक नालीमा पल्टिँदा १७ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।

२४ जना यात्रु बोकेर रामेछाप तर्फ जाँदै गरेको उक्त बसमा चालक र सहचालक सहित १८ जना घाइते भएको र उनीहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाका घाइतेको नाम, थर भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाका घाइतेमध्ये सात जनाको अवस्था मध्यम र ११ जना यात्रुको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक दिनेश कुँवरले बताए। प्रहरीले राजमार्ग सुचारु रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 February 2025
Website | + posts