काभ्रेमा बस दुर्घटना हुँदा १८ यात्रु घाइते

काभ्रेमा बस दुर्घटना हुँदा १८ यात्रु घाइते : Icon Khabar

काभ्रे, फागुन १३ । बिपी राजमार्ग अन्तर्गत काभ्रेपलान्चोक जिल्लाको धुलिखेल नगरपालिका–१० शारदा बतासेमा यात्रुवाहक बस दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन् ।

मंगलबार काठमाडाैँबाट रामेछापतर्फ जाँदै गरेको बागमती प्रदेश–३–०१–००५ ख ९९४२ नम्बरको यात्रु बाहक बस आफै अनियन्त्रित भई सडक नालीमा पल्टिँदा १७ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।

२४ जना यात्रु बोकेर रामेछाप तर्फ जाँदै गरेको उक्त बसमा चालक र सहचालक सहित १८ जना घाइते भएको र उनीहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाका घाइतेको नाम, थर भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाका घाइतेमध्ये सात जनाको अवस्था मध्यम र ११ जना यात्रुको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक दिनेश कुँवरले बताए। प्रहरीले राजमार्ग सुचारु रहेको जनाएको छ ।

Published Date: 25 February 2025


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर