सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँ कायम

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँ कायम : Icon Khabar

काठमाडौँ, फागुन १३ । आज घरेलु बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । सुनको मूल्य आज प्रतितोला ५ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च कायम भएको हो ।

नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

यसअघि सुनको मूल्य गत कात्तिक १५ गते र फागुन ८ गते हालसम्मकै उच्च कायम भएको थियो । त्यसबेला सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार रुपैयाँ कायम भएको थियो ।

अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य १५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ९७० रुपैयाँ कायम भएको छ ।

Published Date: 25 February 2025


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु