रास्वपालाई सरकारमा ल्याउने प्रयास भइरहेको छ : राप्रपा अध्यक्ष लिङ्देन

रास्वपालाई सरकारमा ल्याउने प्रयास भइरहेको छ : राप्रपा अध्यक्ष लिङ्देन : Icon Khabar

काठमाडौं, माघ २९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सरकारमा ल्याउने प्रयास भइरहेको बताएका छन् ।

आइतबार बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठकमा राप्रपालाई सरकारमा ल्याउने विषयमा छलफल भएको बताए ।

भेटमा राष्ट्रपतिको निर्वाचनबारे कुनै छलफल नभएको लिङ्देनले बताए । बैठकमा सरकारका कामकारवाही समीक्षा र गठबन्धनका साझेदारहरूबीच सहकार्य जारी राख्ने सहमति भएको उनले बताए ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, उच्चस्तरीय राजनीतिक संयन्त्र संयोजक केपी शर्मा ओली, राप्रपाका अध्यक्ष रवि लामिछाने, राप्रपाका अध्यक्ष लिङ्देनलगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 February 2023
Website | + posts




ताजा
सरकारले भदौ २३–२४ का प्रदर्शनमा ज्यान गुमाउने ४५ जनालाई सहिद घोषणा गर्ने
दोलखाको रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु
वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या उच्च
सोमबार नेप्से परिसूचक ८.२४ अंकले घट्यो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)