बास्किन रोबिन्सको ३४औँ शाखा काठमाडौंको वसन्तपुरमा विस्तार

बास्किन रोबिन्सको ३४औँ शाखा काठमाडौंको वसन्तपुरमा विस्तार : Icon Khabar

काठमाडौँ, फागुन ११ । विश्व प्रसिद्ध आइसक्रिम ब्राण्ड बास्किन रोबिन्सले नेपालमा आफ्नो ३४औँ शाखा काठमाडौँको ऐतिहासिक ठाउँ वसन्तपुरमा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ ।

नेपालमा बास्किन रोबिन्सको आधिकारिक आयातकर्ता तथा वितरक सन इन्टरनेशनल इन्कर्पोरेटेड प्रा. लि. द्वारा सञ्चालित यो शाखा प्रतिष्ठित पद्म ज्योति ग्रुप नेपालको एक हिस्सा हो । यो नयाँ शाखाले उत्कृष्ट आइसक्रिमको अनुभवसँगै खुशी बाँड्ने यात्रामा अर्को महत्वपूर्ण कदम चालेको छ ।

सहरको मुटुमा रहेको वसन्तपुर शाखाले बास्किन रोबिन्सका प्रसिद्ध ३१ फ्लेबर र प्रिमियम आइसक्रिम केकहरू नेपालकै ऐतिहासिक र जीवन्त स्थानहरु मध्ये एकमा ल्याएको छ । उद्घाटन समारोहमा नेपालको समृद्ध नेवारी संस्कृतिलाई सुन्दर सांगीतिक प्रस्तुतिसँग जोडि परम्परा र बास्किन रोबिन्सको आधुनिकतालाई एकसाथ प्रस्तुत गरियो ।

उक्त उद्घाटन कार्यक्रममा प्रख्यात नेपाली इनफ्लुएन्सरहरू र प्रमुख अतिथिमा नेपालको लागि अमेरिकी राजदूत श्री डीन आर. थम्पसन लगायत धेरै प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो । उनीहरूको उपस्थितिले कार्यक्रमलाई थप प्रतिष्ठित र रोमाञ्चक बनाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 February 2025
Website | + posts




ताजा
सरकारले भदौ २३–२४ का प्रदर्शनमा ज्यान गुमाउने ४५ जनालाई सहिद घोषणा गर्ने
दोलखाको रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु
वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या उच्च
सोमबार नेप्से परिसूचक ८.२४ अंकले घट्यो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)