विश्व सम्पदामा सुचिकृत खास्ती महाचैत्य अर्थात् बौद्धनाथ स्तुपा (फोटो फिचर)

विश्व सम्पदामा सुचिकृत खास्ती महाचैत्य अर्थात् बौद्धनाथ स्तुपा (फोटो फिचर) : Icon Khabar

काठमाण्डौ,  फागुन ११ । बौद्धनाथ काठमाडौं शहरको पूर्वी भागमा अवस्थित प्रसिद्ध बौद्ध स्तूप हो । यो स्तूप नेपालको सबैभन्दा ठूला गोलाकार भएको स्तूप हो । सन् १९७९ देखि बौद्धनाथ युनेस्को विश्व सम्पदा क्षेत्र रहेको छ । यो स्तूप तीन तहयुक्त विशाल मण्डलाकार पेटीमाथि निर्माण गरिएको छ। स्तूपको गर्भ यो मण्डलाकार पेटीको मुनि छ। तल्लो पेटीको वरिपरि प्रार्थना चक्र राखिएका छन्। स्तूपको गर्भको वरिपरि एकसय आठ वटा तारा, लोकेश्वर आदि तान्त्रिक बौद्ध देवदेवीका ससाना प्रतिमा छन्। बौद्धनाथको गर्भमाथि त्रयोदश भुवन र अझ माथि छत्र तथा गजुर राखिएको छ। स्वयम्भूका झैं आँखा र चिह्न पनि छ। बौद्धनाथका त्रयोदश भुवन माटोको प्रयोग गरी चतुष्कोणकार स्वरूपमा बनाइएका छन्।

बौद्धनाथ स्तुपा स्वदेशी तथा विदेशी पाहुनाको प्रमुख आकर्षणको गन्तव्यमा पर्छ । विशेष गरी यस चैत्यको इतिहास प्राचीन तिब्बती बौद्ध सम्प्रदाय अथवा ञिङमा सम्प्रदाय साथ सम्बन्धित भएकोले यसको बारे ञिङमा सम्प्रदायको धर्म इतिहास तथा लेख रचना र ग्रन्थहरूमा व्याख्या गरिएको पाईन्छ ।

बौद्धनाथको इतिहास
बौद्धनाथ दक्षिणबाट मुगलको आक्रमण पश्चात १४औं शताब्दी तिर बनेको थियो। यद्यपि यसको निर्माण सम्बन्धि धेरै रोचक कथाहरू रहेको छ । सन् १९५९ तिब्बत माथि चीनको आक्रमणले गर्दा हजारौ संख्यामा आएका तिब्बती शरणार्थीहरू नेपाल आए पश्चात बौद्धनाथ स्तूप तिब्बती बुद्ध धर्मको महत्त्वपूर्ण केन्द्र बनेको थियो ।

बौद्धनाथको पौराणिक कथा
बोधिसत्त्व अवलोकितेश्वर द्वारा दुई थोपा आँसुको प्रणिधान
यस स्तूपको निर्माण आरम्भ ज्यजीमा (कुखुरा गोठाल्नी) देछोग ले गरेका थिए, जसको कथा श्रुतिमुक्ति नामक ग्रन्थ अनुसार यस प्रकार रहेको छ। अप्रमेय असंख्य कल्पको पहिले तथागत अमिताभको सामुन्ने बोधिसत्त्व अवलोकितेश्वरले सम्पूर्ण प्राणीहरू संसारिक दुःखबाट मुक्त गर्नको लागि प्रणिधान गरी अपरिमाण जगतको उदार गरेर पोटल पर्वतको शिखरमा जानुभई अब कुनै पनि प्राणी मुक्ति गर्नु बाँकी रहेन होला भनि अवलोकन गर्दा छ–गतिमा रहेको प्राणीहरू अझै केहि कामी नभएको देख्नुभएर अब संसारिक सगरबाट प्राणीको उदार गर्न नसकिन्ने भयो भनि अश्रु झर्दै ति आँसुको थोपा लाई औलाले लिएर यी दुई थोपा आँसुले पनि प्राणीको हित र मुक्ति गरुन् भनि प्रणिधान गरेअनुसार, त्रयस्त्रिंशदेव लोकमा शक्र देवेन्द्रको दुइजना पुत्रीमा जन्म भए जसको नाम गङ्मा र गङ्छुङ्मा थिए।

Published Date: 23 February 2025


ताजा
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न
हिसान भक्तपुरद्वारा कक्षा १२ मा ३.६ जीपीए वा सोभन्दा माथि ल्याउने विद्यार्थी सम्मानित
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई, टिम वाङ्देनको शानदार जित


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली