बजारमा अण्डाको मूल्य घट्यो

बजारमा अण्डाको मूल्य घट्यो : Icon Khabar

काठमाडौँ, फागुन ९ । बजारमा अण्डाको मूल्य घटेको छ। नेपाल लेयर्स कुखुरापालक संघले शुक्रबारबाट प्रतिक्रेट ३० देखि ३५ रूपैयाँका दरले अण्डाको मूल्य घटाएको हो।

‘हामीले बिहीबार बैठक बसेर आजबाट अण्डाको मूल्य घटाउने निर्णय गरेका थियौं,’ संघका अध्यक्ष विनोद पोखरेलले भने। बजारमा ठूलो, मध्यम र एक्स–एल गरी तीन आकारका अण्डा आउँछन्।

मूल्य घटेसँगै अब मध्यम अण्डा प्रतिक्रेट तीन सय ५०, ठूलो अण्डा तीन सय ७० र एक्स–एल अण्डा प्रतिक्रेट तीन सय ८५ रूपैयाँ पर्ने भएको छ।
यसअघि ठूलो अण्डा चार सय, मध्यम तीन सय ८५ र एक्स–एल अण्डा चार सय १५ रूपैयाँ थियो।

यो किसानले पाउने मूल्य हो। उत्पादक तथा व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा बढेकाले अहिले मूल्य घटाउन परेको उनले बताए।

‘उत्पादन धेरै भएर, किसानलाई फाइदा भएर मूल्य घटाएको होइन,’ उनले भने, ‘अस्वस्थ प्रतिस्पर्धा भएकाले मूल्य घटाउन परेको हो।’ उनले तुरून्तै अण्डाको मूल्य बढ्ने पनि जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 February 2025
Website | + posts
ताजा
जनप्रेमी वर्ल्ड स्कुलमा ‘फ्रेसर्स सोसल तथा जे डब्लुएस आइकन–२०८२’ भव्य रूपमा सम्पन्न
बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव
त्रिविको दिक्षान्त समारोहमा जापानी प्राद्यापक ताकाआकी काजिता प्रमुख अतिथि हुने
आज विश्व ध्यान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न