जापानमा महंगी बढ्यो, २ वर्षकै उच्च कायम

जापानमा महंगी बढ्यो, २ वर्षकै उच्च कायम : Icon Khabar

काठमाडौँ, फागुन ९ । जापानको मुद्रास्फीतिदर २ वर्षकै उच्च कायम भएको छ । जनवरी महिनामा जापानको महङ्गीदर ४ प्रतिशत पुगेको छ । यो दर सन् २०२३ जनवरीपछिकै उच्च हो ।

जनवरीमा मुख्य मुद्रास्फितीदर(ताजा खाद्यान बाहेक) अघिल्लो महिनाको ३ प्रतिशतबाट बढेर ३.२ प्रतिशत पुगेको छ । अर्थशास्त्रीहरुले जनवरीमा जापानको मुख्य मुद्रास्फितीदर ३.१ प्रतिशत रहने अनुमान गरेका थिए ।

यस्तै हेडलाइन मुद्रास्फितीदर बैंक अफ ,जापानले तय गरेको २ प्रतिशत लक्ष्यभन्दा माथि नै रहेको छ । डिसेम्बरमा यो दर ३.६ प्रतिशत रहेको थियो । ताजा खाद्यान्न र उर्जाको मुद्रास्फितीदर २.४ प्रतिशतबाट बढेर। २.५ प्रतिशत पुगेको छ ।

यो आँकडा प्रभाशित भएसँगै जापानी येन डलरको तुलनामा ०.१५ प्रतिशतले बलियो बन्दै १४९.३९ येन कायम भएको छ । यस्तै बुधबार जापानको दुई वर्षे बोन्डको प्रतिफल १.० बेसिक प्वइन्टले बढ्दै ०.८३० प्रतिशत पुगेको छ । जुन सन् २००८ अक्टोबर पछिकै उच्च हो ।

जापानमा पछिल्लो ३ वर्षमा मुद्रास्फीति केन्द्रीय बैंकले निर्धारण गरेको २ प्रतिशतको लक्ष्यभन्दा बढी नै देखिएको छ । बैंक अफ जापानले गत जनवरीमा अल्पकालित ब्याजदर ०.२५ प्रतिशतबाट बढाएर ०.५० प्रतिशत पुर्याएको थियो ।

Published Date: 21 February 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग