जापानमा महंगी बढ्यो, २ वर्षकै उच्च कायम

जापानमा महंगी बढ्यो, २ वर्षकै उच्च कायम : Icon Khabar

काठमाडौँ, फागुन ९ । जापानको मुद्रास्फीतिदर २ वर्षकै उच्च कायम भएको छ । जनवरी महिनामा जापानको महङ्गीदर ४ प्रतिशत पुगेको छ । यो दर सन् २०२३ जनवरीपछिकै उच्च हो ।

जनवरीमा मुख्य मुद्रास्फितीदर(ताजा खाद्यान बाहेक) अघिल्लो महिनाको ३ प्रतिशतबाट बढेर ३.२ प्रतिशत पुगेको छ । अर्थशास्त्रीहरुले जनवरीमा जापानको मुख्य मुद्रास्फितीदर ३.१ प्रतिशत रहने अनुमान गरेका थिए ।

यस्तै हेडलाइन मुद्रास्फितीदर बैंक अफ ,जापानले तय गरेको २ प्रतिशत लक्ष्यभन्दा माथि नै रहेको छ । डिसेम्बरमा यो दर ३.६ प्रतिशत रहेको थियो । ताजा खाद्यान्न र उर्जाको मुद्रास्फितीदर २.४ प्रतिशतबाट बढेर। २.५ प्रतिशत पुगेको छ ।

यो आँकडा प्रभाशित भएसँगै जापानी येन डलरको तुलनामा ०.१५ प्रतिशतले बलियो बन्दै १४९.३९ येन कायम भएको छ । यस्तै बुधबार जापानको दुई वर्षे बोन्डको प्रतिफल १.० बेसिक प्वइन्टले बढ्दै ०.८३० प्रतिशत पुगेको छ । जुन सन् २००८ अक्टोबर पछिकै उच्च हो ।

जापानमा पछिल्लो ३ वर्षमा मुद्रास्फीति केन्द्रीय बैंकले निर्धारण गरेको २ प्रतिशतको लक्ष्यभन्दा बढी नै देखिएको छ । बैंक अफ जापानले गत जनवरीमा अल्पकालित ब्याजदर ०.२५ प्रतिशतबाट बढाएर ०.५० प्रतिशत पुर्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 February 2025
Website | + posts
ताजा
देशभर ४५ जिल्लाका विभिन्न स्थानमा दशैं, तिहार लक्षित सुपथ मूल्य पसल सञ्चालनमा
पहिरोका कारण एक महिनाअघिदेखि अवरुद्ध तातोपानी–कोदारी राजमार्ग खुल्यो
नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा खसेको पहिरो पन्छाउन दुई दिन लाग्ने
सरकारी खर्चमा मितव्ययिता कायम गर्न अर्थ मन्त्रालयको निर्देशन


ट्रेन्डिङ
भक्तपुर मोडर्नमा मतदान र खाद्य प्रदर्शनी सम्पन्न
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी, चाँदी भने सामान्य घट्यो
नगरकोट र काभ्रे मण्डनदेउपुर : हरियाली, वर्षा र ट्राउट माछापालनले नयाँ सम्भावना (फोटो फिचर)