भ्रष्टाचारसम्बन्धी विधेयक संसदबाट हटाइएपछि संसदमा विरोध

भ्रष्टाचारसम्बन्धी विधेयक संसदबाट हटाइएपछि संसदमा विरोध : Icon Khabar

काठमाडौं, माघ २९ । संघीय संसद्का विपक्षी दलहरूले प्रतिनिधि सभाको कार्यसूचीबाट भ्रष्टाचार निवारण ऐनसम्बन्धी संशोधन विधेयकलाई हटाइएकोमा विरोध जनाएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले भ्रष्टाचारसम्बन्धी विधेयकलाई कार्यसूचीबाट हटाउने काम भएको भन्दै विरोध जनाएका हुन् । माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सरकारको आग्रहमा संसद्‍बाट विधेयक हटाइएको भन्दै आक्रोश पोखेका छन् । सरकारले संसद्लाई अवहेलना गरिरहेको बताउँदै उनले जनताका प्रतिनिधिहरूको आवाजलाई ठीक ढंगले सुन्न नचाहेको आरोप पनि लगाए ।

भ्रष्टाचारका विषय उठिरहँदा राज्य व्यवस्था समितिबाट पारित भएको विधेयक नै हटाउनुले सरकारको कामप्रति नै आशंका उत्पन्न भएको उनले बताए । त्यस्तै रास्वपा सांसद गणेश पराजुलीले भ्रष्टाचार निवारण ऐनसम्बन्धी संशोधन विधेयक हटाउने काम भएको भन्दै आपत्ति जनाए । उनले संसद्‍लाई सरकारले पेल्न खोजेको आरोप पनि लगाएका छन् । सत्तापक्षले प्रतिपक्षीलाई दुईतिहाइको दम्भ देखाएको उनले बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा भ्रष्टाचारसम्बन्धी विधेयक अघि बढाउने कार्यसूची रहे पनि अन्तिम समयमा हटाइएको थियो । त्यहीकारण प्रतिपक्षीले सरकारलाई संसद्‍बाट घेरा हालेका हुन् ।

Published Date: 11 February 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै