भ्रष्टाचारसम्बन्धी विधेयक संसदबाट हटाइएपछि संसदमा विरोध

भ्रष्टाचारसम्बन्धी विधेयक संसदबाट हटाइएपछि संसदमा विरोध : Icon Khabar

काठमाडौं, माघ २९ । संघीय संसद्का विपक्षी दलहरूले प्रतिनिधि सभाको कार्यसूचीबाट भ्रष्टाचार निवारण ऐनसम्बन्धी संशोधन विधेयकलाई हटाइएकोमा विरोध जनाएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले भ्रष्टाचारसम्बन्धी विधेयकलाई कार्यसूचीबाट हटाउने काम भएको भन्दै विरोध जनाएका हुन् । माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सरकारको आग्रहमा संसद्‍बाट विधेयक हटाइएको भन्दै आक्रोश पोखेका छन् । सरकारले संसद्लाई अवहेलना गरिरहेको बताउँदै उनले जनताका प्रतिनिधिहरूको आवाजलाई ठीक ढंगले सुन्न नचाहेको आरोप पनि लगाए ।

भ्रष्टाचारका विषय उठिरहँदा राज्य व्यवस्था समितिबाट पारित भएको विधेयक नै हटाउनुले सरकारको कामप्रति नै आशंका उत्पन्न भएको उनले बताए । त्यस्तै रास्वपा सांसद गणेश पराजुलीले भ्रष्टाचार निवारण ऐनसम्बन्धी संशोधन विधेयक हटाउने काम भएको भन्दै आपत्ति जनाए । उनले संसद्‍लाई सरकारले पेल्न खोजेको आरोप पनि लगाएका छन् । सत्तापक्षले प्रतिपक्षीलाई दुईतिहाइको दम्भ देखाएको उनले बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा भ्रष्टाचारसम्बन्धी विधेयक अघि बढाउने कार्यसूची रहे पनि अन्तिम समयमा हटाइएको थियो । त्यहीकारण प्रतिपक्षीले सरकारलाई संसद्‍बाट घेरा हालेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 February 2025
Website | + posts




ताजा
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने
७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा ५० प्रतिशत छुट पाउने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा साइकल संस्कृति प्रवर्द्धन गर्न साइकल कनेक्ट र जेन्युन स्कुलबीच सम्झौता