विवेकशील साझा पार्टीको अध्यक्षमा समिक्षा बाँस्कोटा निर्वाचित, महासचिवमा रञ्जु दर्शना

विवेकशील साझा पार्टीको अध्यक्षमा समिक्षा बाँस्कोटा निर्वाचित, महासचिवमा रञ्जु दर्शना : Icon Khabar

काठमाडौं, माघ २९ । विवेकशील साझा पार्टीको अध्यक्षमा समिक्षा बाँस्कोटा निर्वाचित भएकी छिन् ।

काठमाडौंमा सम्पन्न पार्टीको पहिलो महाधिवेशनले उनलाई पार्टीको नयाँ अध्यक्षमा चयन गरेको हो । त्यस्तै पार्टीको उपाध्यक्षमा प्रकाशचन्द्र परियार, मिलन पाण्डे र विमला अधिकारी नियुक्त भएका छन् ।

महाधिवेशनले रञ्जु दर्शनालाई महासचिवमा चयन गरेको पार्टीले जनाएको छ । पाण्डे र दर्शना लामो समयपछि पार्टीमा सक्रिय भूमिकामा फर्किए । पार्टीभित्र आन्तरिक मतभेद देखिएपछि उनीहरु पार्टीमा सक्रिय छैनन् ।

पार्टीको सचिवमा पवित्र थापा, समुद्र केसी र विमला केसी निर्वाचित भएका छन् भने कोषाध्यक्षको जिम्मेवारी दामोदर नेपालले पाएका छन् । सबै पदाधिकारी सर्वसम्मतिले निर्वाचित भए पनि केही व्यक्तिले पदका लागि दाबी गरेकाले पार्टी केन्द्रीय सदस्य छनोटका लागि निर्वाचनको तयारीमा रहेको उपाध्यक्ष परियारले जानकारी दिए ।

Published Date: 12 February 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय