विवेकशील साझा पार्टीको अध्यक्षमा समिक्षा बाँस्कोटा निर्वाचित, महासचिवमा रञ्जु दर्शना

विवेकशील साझा पार्टीको अध्यक्षमा समिक्षा बाँस्कोटा निर्वाचित, महासचिवमा रञ्जु दर्शना : Icon Khabar

काठमाडौं, माघ २९ । विवेकशील साझा पार्टीको अध्यक्षमा समिक्षा बाँस्कोटा निर्वाचित भएकी छिन् ।

काठमाडौंमा सम्पन्न पार्टीको पहिलो महाधिवेशनले उनलाई पार्टीको नयाँ अध्यक्षमा चयन गरेको हो । त्यस्तै पार्टीको उपाध्यक्षमा प्रकाशचन्द्र परियार, मिलन पाण्डे र विमला अधिकारी नियुक्त भएका छन् ।

महाधिवेशनले रञ्जु दर्शनालाई महासचिवमा चयन गरेको पार्टीले जनाएको छ । पाण्डे र दर्शना लामो समयपछि पार्टीमा सक्रिय भूमिकामा फर्किए । पार्टीभित्र आन्तरिक मतभेद देखिएपछि उनीहरु पार्टीमा सक्रिय छैनन् ।

पार्टीको सचिवमा पवित्र थापा, समुद्र केसी र विमला केसी निर्वाचित भएका छन् भने कोषाध्यक्षको जिम्मेवारी दामोदर नेपालले पाएका छन् । सबै पदाधिकारी सर्वसम्मतिले निर्वाचित भए पनि केही व्यक्तिले पदका लागि दाबी गरेकाले पार्टी केन्द्रीय सदस्य छनोटका लागि निर्वाचनको तयारीमा रहेको उपाध्यक्ष परियारले जानकारी दिए ।

Published Date: 12 February 2023
Website | + posts




















ताजा
तीन वर्षदेखि अधुरै चाँगुनारायण प्रवेशद्वार, आक्रोशित स्थानीयले गरे सडक अवरुद्ध
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?
एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ: प्रधानमन्त्री बालेन शाह
दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” आज राति ८ बजेदेखि प्रारम्भ हुँदै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?