नेपाली अनलाइन क्षेत्र छाडा र अराजकता उन्मुख रहेको सञ्चार मन्त्री गुरुङको भनाई

नेपाली अनलाइन क्षेत्र छाडा र अराजकता उन्मुख रहेको सञ्चार मन्त्री गुरुङको भनाई : Icon Khabar

भक्तपुर, माघ २३ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई बलियो बनाउन अनलाइन मिडियाहरुको नियमन गर्न जरुरी रहेको बताएका छन् ।

बुधवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री गुरुङले नेपाली अनलाइन क्षेत्र छाडा र अराजकता उन्मुख रहेको बताए । उनले प्रेस स्वतन्त्रताको नाममा जे मन लाग्यो त्यही लेख्ने प्रवृत्तिको विकास भएको भन्दै यसको नियमन गर्न जरुरी रहेको बताए । उनले सांस्कृतिक सहअस्तित्व र धार्मिक सहिष्णुताको हिसावले नेपाल विश्वमै नमूना भएपनि पछिल्लो समय सामाजिक सद्भाव भड्काउने क्रियाकलाप भइरहेको बताए । अनलाइन मिडियाले सामाजि सद्भाव, आपसि एकता र धार्मिक सहिष्णुता प्रवद्र्धन गर्ने कार्यमा सहयोग नगरेको जिकिर गरे ।

मन्त्री गुरुङले भने, ‘यो अनलाइन क्षेत्र निकै छाडा छ । यो त सबैले महशुस गर्ने विषय होइन ? अराजकतालाई प्रश्चय दिएर लोकतन्त्र बलियो हुन्छ ? प्रेस स्वतन्त्रताको अर्थ जे मन लाग्यो त्यही भन्न पाउने र जे मन लाग्यो त्यही लेख्ने पाउने हो र ? त्यो त होइन होला नि त । सबैले नियमभित्र बस्ने तर अनलाइनले आचारसंहितामा नबस्ने भन्ने छ र दुनियामा ? त्यसकारण अहिले फेक न्युजहरु दिनेदेखि लिएर बुलिङ गर्नेसम्मका कामहरु भइरहेका छन् । हाम्रो देश त धार्मिक सहिष्णुताको लागि एउटा नमूना हो नि त । यद्धपी यहाँ दशौं धर्मावलीका मानिसहरु बस्दछन् । तर अहिलेसम्म हामीले धार्मिक द्वन्द्व भएको देखेका छैनौं । तर छिमेकी भारतमा कति धेरै चलिरहेको हुन्छ । सामाजिक सद्भाव कायम गरेर बसेको मुलुक हो हाम्रो । सांस्कृतिक सहअस्तित्वको हिसावले, सामाजिक सदभावको हिसावले नेपाल साच्चै नमूना र सुन्दर मुलुक हो । के यसलाई प्रवद्र्धन गर्ने कुरामा अनलाइन मिडियाले सहयोग गरेको छ ? गरेको छैन नि । धार्मिक सद्भाव भड्काएर दुर्गा प्रसाईंलाई प्रयोग गरेर अराजता सिर्जना भयो । त्यो राम्रो कुरा हो त । राष्ट्रिय एकता र राष्ट्रिय स्वाधिनता, स्वतन्त्रताको कुरामा हामीलाई असाध्यै कमजोर बनाइरहेको छ । राष्ट्रिय एकता बलियो बनाउनका लागि पनि अनलाइन मिडियामा नियमन गर्न जरुरी छ । हेट स्पिचको माध्यमबाट गलत कुराहरु भनेर कुनै व्यक्ति, पार्टी, समाज र समुदायको बदनाम गर्ने प्रवृत्तिले सभ्य समाज निर्माण हुनसक्छ ? यसले हाम्रो लोकतन्त्र बलियो हुदैन । त्यसकारणले यसको नियमन गर्न जरुरी छ ।’

Published Date: 05 February 2025


ताजा
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
अब सबै अनलाइन बिजनेस सरकारी निकायमा सूचीकरण हुनुपर्ने
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली