बुधबार नेप्से परिसूचक ४.४५ अंकले घट्यो

बुधबार नेप्से परिसूचक ४.४५ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, माघ २३ । बुधबार नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन घटेर बन्द भएको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

आज नेप्से परिसूचक ४.४५ अंक घटेर २७११.४५ विन्दुमा झरेको छ। नेप्से घटेपनि आज कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो कारोबार दिन ८ अर्ब ९१ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ३०९ स्टकको ९० हजार ७५२ पटकको कारोबारमा ८ अर्ब ९५ करोड ८० लाख ७ हजार रुपैयाँबराबरको १ करोड ९१ लाख ८१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३३ करोड ७६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, हिमालयन पावर पार्टनरको २७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने सिनर्जी पावर डेभलपमेन्टको २२ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये आज ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। आज वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.६७ प्रतिशत बढेको छ। हाइड्रोपावर, म्युचुअल फण्ड, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक भने यस दिन सामान्य बढेको छ। आज व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.४२ प्रतिशत घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 February 2025
Website | + posts
ताजा
सरस्वती माताको स्तुतिमा तयार गरिएको भजन ‘विद्याकी देवी सरस्वती माता’ सार्वजनिक
स्वास्थ्य बीमा बोर्डले भुक्तानी रकम दिन नसकको अवस्थामा बोर्डका कार्यकारी निर्देशक डा काफ्लेले दिए राजीनामा
नारायणकाजी श्रेष्ठले दिए राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा
टी २० विश्वकप ग्लोबल छनोटमा नेपाल थाइल्यान्डसँग पराजित


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध