पाकिस्तानको खाद्यान्न निर्यात १३.८३ प्रतिशतले बढ्यो

पाकिस्तानको खाद्यान्न निर्यात १३.८३ प्रतिशतले बढ्यो : Icon Khabar

इस्लामावाद, माघ २२ । पाकिस्तानको तथ्याङ्क ब्यूरो (पीबीएस) को तथ्याङ्क अनुसार आर्थिक वर्ष सन् २०२४–२५ (जुलाई २०२४ देखि जुन २०२५) को पहिलो छ माहीमा पाकिस्तानको खाद्यान्न निर्यात १३.८३ प्रतिशतले बढेको छ ।

सोमबार आफ्नो वेबसाइटमा प्रकाशित पीबीएस तथ्याङ्कले निर्यात बढेर ४३.९६ अर्ब अमेरिकी डलर पुगेको देखाएको छ । यस अवधिमा चामलको मूल्य वार्षिक रूपमा १४.५ प्रतिशतले बढेर एक अर्ब ८७ करोड डलर पुगेको र कुल निर्यात ३५ लाख टन पुगेको छ ।

पीबीएसले ईयु र बेलायतबाट निरन्तर मागले गर्दा उक्त वृद्धिमा महत्त्वपूर्ण योगदान पुगेको बताएको छ ।

प्रतिवेदनले चिनीको निर्यात अघिल्लो वर्षको सोही अवधिमा ३३ हजार १०१ टनबाट सन् २०२४ जुलाई–डिसेम्बरमा बढेर छ लाख ३२ हजार ८०४ टन पुगेको बताएको छ ।

यसैबिच, प्याजलगायत तरकारीको निर्यातमा १.७१ प्रतिशतले वृद्धि भएको छ भने माछाजन्य उत्पादनको निर्यातमा १.४७ प्रतिशतले सामान्य वृद्धि भएको पीबीएसले जनाएको छ । रासस/सिन्ह्वा

Published Date: 04 February 2025


ताजा
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
अब सबै अनलाइन बिजनेस सरकारी निकायमा सूचीकरण हुनुपर्ने
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली