पाकिस्तानको खाद्यान्न निर्यात १३.८३ प्रतिशतले बढ्यो

पाकिस्तानको खाद्यान्न निर्यात १३.८३ प्रतिशतले बढ्यो : Icon Khabar

इस्लामावाद, माघ २२ । पाकिस्तानको तथ्याङ्क ब्यूरो (पीबीएस) को तथ्याङ्क अनुसार आर्थिक वर्ष सन् २०२४–२५ (जुलाई २०२४ देखि जुन २०२५) को पहिलो छ माहीमा पाकिस्तानको खाद्यान्न निर्यात १३.८३ प्रतिशतले बढेको छ ।

सोमबार आफ्नो वेबसाइटमा प्रकाशित पीबीएस तथ्याङ्कले निर्यात बढेर ४३.९६ अर्ब अमेरिकी डलर पुगेको देखाएको छ । यस अवधिमा चामलको मूल्य वार्षिक रूपमा १४.५ प्रतिशतले बढेर एक अर्ब ८७ करोड डलर पुगेको र कुल निर्यात ३५ लाख टन पुगेको छ ।

पीबीएसले ईयु र बेलायतबाट निरन्तर मागले गर्दा उक्त वृद्धिमा महत्त्वपूर्ण योगदान पुगेको बताएको छ ।

प्रतिवेदनले चिनीको निर्यात अघिल्लो वर्षको सोही अवधिमा ३३ हजार १०१ टनबाट सन् २०२४ जुलाई–डिसेम्बरमा बढेर छ लाख ३२ हजार ८०४ टन पुगेको बताएको छ ।

यसैबिच, प्याजलगायत तरकारीको निर्यातमा १.७१ प्रतिशतले वृद्धि भएको छ भने माछाजन्य उत्पादनको निर्यातमा १.४७ प्रतिशतले सामान्य वृद्धि भएको पीबीएसले जनाएको छ । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 February 2025
Website | + posts




ताजा
राष्ट्रपति पौडेल र राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता
बिहार राज्यमा विधान सभाका कारण नेपाल-भारत सीमा क्षेत्रमा कडाइ
मंगलबार नेप्से परिसूचक २७.६४ अंकले घट्यो
यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको छ: मन्त्री घिसिङ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)