सिटीलाई पछि पार्दै चेल्सी चौथो स्थानमा

सिटीलाई पछि पार्दै चेल्सी चौथो स्थानमा : Icon Khabar

काठमाडौं, माघ २२ । चेल्सी इंग्लिस प्रिमियर लिग अंक तालिकाको चौथो स्थानमा उक्लेको छ ।

चेल्सीले सोमवार वेष्टहम युनाइटेड २-१ ले हराउँदै अंक तालिकामा म्यानचेस्टर सिटीलाई पछि पारेको छ । १-० ले पछि परेको खेल उल्टाउन चेल्सी सफल रह्यो ।

चेल्सीको घरेलु मैदानमा भएको खेलको ४२ मिनेटमा जारोर्ड बोवेनको गोलबाा चेल्सीले अग्रता बनायो । पेड्रो नेटोले ६४ औं‌ मिनेटमा बराबरी गोल गर्दैै चल्सीलाई खेलमा फर्काए । ।

७४ औं मिनेटमा वेष्टहमका आरोन वान विसाकाको आत्मघाती गोलनाट चेल्सी २-१ अगाडि लाग्यो र अन्तिम नतिजा पनि त्यहि रह्यो ।

चेल्सीको २४ खेलबाट ४३ अंक पुगेको छ । सिटी‌ भन्दा २ अंकले अघि रहेको चेल्सी तेस्रो स्थानको नटिङहम फरेस्ट भन्दा ४ अंकले पछि छ ।

शीर्ष स्थानको लिभरपुलको ५६ र दोस्रो स्थानको आर्सनलको ५० अंक छ। २७ अंकसहित वेष्टहम १५ औं स्थानमा छ । –एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 February 2025
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने