सिटीलाई पछि पार्दै चेल्सी चौथो स्थानमा

सिटीलाई पछि पार्दै चेल्सी चौथो स्थानमा : Icon Khabar

काठमाडौं, माघ २२ । चेल्सी इंग्लिस प्रिमियर लिग अंक तालिकाको चौथो स्थानमा उक्लेको छ ।

चेल्सीले सोमवार वेष्टहम युनाइटेड २-१ ले हराउँदै अंक तालिकामा म्यानचेस्टर सिटीलाई पछि पारेको छ । १-० ले पछि परेको खेल उल्टाउन चेल्सी सफल रह्यो ।

चेल्सीको घरेलु मैदानमा भएको खेलको ४२ मिनेटमा जारोर्ड बोवेनको गोलबाा चेल्सीले अग्रता बनायो । पेड्रो नेटोले ६४ औं‌ मिनेटमा बराबरी गोल गर्दैै चल्सीलाई खेलमा फर्काए । ।

७४ औं मिनेटमा वेष्टहमका आरोन वान विसाकाको आत्मघाती गोलनाट चेल्सी २-१ अगाडि लाग्यो र अन्तिम नतिजा पनि त्यहि रह्यो ।

चेल्सीको २४ खेलबाट ४३ अंक पुगेको छ । सिटी‌ भन्दा २ अंकले अघि रहेको चेल्सी तेस्रो स्थानको नटिङहम फरेस्ट भन्दा ४ अंकले पछि छ ।

शीर्ष स्थानको लिभरपुलको ५६ र दोस्रो स्थानको आर्सनलको ५० अंक छ। २७ अंकसहित वेष्टहम १५ औं स्थानमा छ । –एजेन्सी

Published Date: 04 February 2025


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु