वायु प्रदूषणका कारण बैङ्ककका दुई सय विद्यालय बन्द

वायु प्रदूषणका कारण बैङ्ककका दुई सय विद्यालय बन्द : Icon Khabar
तस्बिर: रोयटर्स

बैङ्कक, माघ १० । वायु प्रदूषणका कारण बैङ्ककका करिब दुई सय विद्यालय बिहीबार बन्द गर्नुपरेको स्थानीय अधिकारीले बताएका छन् ।

मौसमी वायु प्रदूषणले यस क्षेत्रका धेरै देशहरूलाई जस्तै थाइल्याण्डलाई पनि लामो समयदेखि प्रभावित गरेको छ । चिसो मौसम र बालीका लागि नल पराल जलाउने र कारको धुवाँबाट निस्केको प्रदूषणले वायु प्रदूषित हुँदा बालबालिकालाई विद्यालय हरूले बिदा दिएका हुन् ।

आईक्यूएयरका अनुसार बिहीबार बिहानसम्म थाई राजधानी बैङ्कक विश्वको छैटौँ सबैभन्दा प्रदूषित प्रमुख शहर बनेको छ । पीएम २.५ प्रदूषकको स्तर १२२ माइक्रोग्राम प्रति घनमिटर पुगेको आईक्यूएयरले देखाएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले २४ घण्टे औसत एक्सपोजर एक वर्षमा अधिकांश १५ दिनभन्दा बढी हुन नहुने सुझाव दिएको छ । यसै साताको सुरुमा बैङ्ककका अधिकारीहरूले पीएम २।५ को उच्च स्तर भएका क्षेत्रका विद्यालयहरू बन्द गर्न सकिने बताएका थिए ।

बिहीबार बिहानसम्म बैङ्कक महानगरीय प्राधिकरण अन्तर्गतका ४३७ विद्यालयमध्ये १९४ विदालय विद्यालय बन्द भएका छन् । बन्दले हजारौं विद्यार्थीको पठनपाठनलाई प्रभावित पारेको छ ।

राजधानीका अन्य दर्जनौँ विद्यालय महानगरको मातहतमा छैनन् र तथ्याङ्क पनि उपलब्ध छैन । – रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 January 2025






ताजा
कुलमान घिसिङको राजीनामापछि अलपत्र बनेको भक्तपुर–अरनिको राजमार्ग विस्तार
राष्ट्रिय परिचयपत्रको नाममा हैरानी: कति पटक आवेदन दिनुपर्ने?
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
च्याम्पियन्स लिग : प्रिमियर लिगका पाँच क्लब सोझै अन्तिम १६ मा, न्युकासलले प्लेअफ खेल्ने


ट्रेन्डिङ
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
प्रतिनिधि सभा निर्वाचन २०८२: भक्तपुर–१ बाट को संसद पुग्ला? (उम्मेदवार सूचीसहित)
भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध
किकम्पा मन्टेश्वरी प्रि–स्कूलको ८औँ स्थापना दिवसमा स्वास्थ्य शिविर सम्पन्न