काठमाडौं, माघ १० । नेप्से परिसूचक बिहीबार ११.१० विन्दुले घटेर २६५४.३५ अंकमा आएको छ ।
आज ७ अर्ब ८५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । २ वटा समूहका सूचकमात्र सकारात्मक देखिएका छन् ।
आज ३ सय १८ कम्पनीको १ करोड ५१ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३० करोड ८९ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सप्तकोशी डेभलपमेन्ट बैंक अग्रस्थानमा रहेको छ ।
यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआरएन इन्फ्रास्ष्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी र युनाइटेड इर्दी मर्दी हाइड्रोपावर परेका छन् ।
Published Date: 23 January 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1