भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा ज्यान गुमाएका १३ जनामध्ये चार जना नेपालीको निधन

भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा ज्यान गुमाएका १३ जनामध्ये चार जना नेपालीको निधन : Icon Khabar

महाराष्ट्र, माघ १० । भारतको महाराष्ट्रमा बुधबार भएको रेल दुर्घटनामा ज्यान गुमाएका १३ जनामध्ये चार जना नेपाली पनि रहेको अधिकारीहरूले बताएका छन्। रेलभित्र आगो लागेको हल्ला फैलिएपछि हामफाल्ने क्रममा अर्को रेलमा ठोक्किएर उनीहरूको ज्यान गएको थियो ।

बिबिसी नेपाली सेवाको अनलाइन संस्करणमा प्रकाशित समाचारमा ज्यान गुमाउनेमध्ये चार जना नेपाली छन् । भारतस्थित नेपाली राजदूतावासका अधिकारीहरूले उक्त दुर्घटनामा भएको नेपालीहरूको मानवीय क्षतिबारे आफूहरू जानकार रहेको र भारतीय पक्षसँग सम्पर्कमा रहेको जनाएका छन् ।

नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका काउन्सिलर सञ्जीव शर्मा दासले बिबिसीसँग भने, ‘‘मृतकहरूको सनाखत भएको जानकारी हामीले पाएका छौँ।’’

दूतावासका अनुसार ज्यान गुमाउनेमध्ये चारैजनाको सनाखत भएको छ। ज्यान गुमाउने नेपालीमा दुई जना पुरुष र दुईजना महिला रहेको भनिएको छ। त्यसमध्ये एक पुरुष कोशी प्रदेशका र अर्की महिला सुदूरपश्चिमकी रहेको भारतीय निकायलाई उद्धृत गर्दै अधिकारीहरूले जनाएका छन्। – बीबीसी नेपाली सेवा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 January 2025
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने