भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा ज्यान गुमाएका १३ जनामध्ये चार जना नेपालीको निधन

भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा ज्यान गुमाएका १३ जनामध्ये चार जना नेपालीको निधन : Icon Khabar

महाराष्ट्र, माघ १० । भारतको महाराष्ट्रमा बुधबार भएको रेल दुर्घटनामा ज्यान गुमाएका १३ जनामध्ये चार जना नेपाली पनि रहेको अधिकारीहरूले बताएका छन्। रेलभित्र आगो लागेको हल्ला फैलिएपछि हामफाल्ने क्रममा अर्को रेलमा ठोक्किएर उनीहरूको ज्यान गएको थियो ।

बिबिसी नेपाली सेवाको अनलाइन संस्करणमा प्रकाशित समाचारमा ज्यान गुमाउनेमध्ये चार जना नेपाली छन् । भारतस्थित नेपाली राजदूतावासका अधिकारीहरूले उक्त दुर्घटनामा भएको नेपालीहरूको मानवीय क्षतिबारे आफूहरू जानकार रहेको र भारतीय पक्षसँग सम्पर्कमा रहेको जनाएका छन् ।

नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका काउन्सिलर सञ्जीव शर्मा दासले बिबिसीसँग भने, ‘‘मृतकहरूको सनाखत भएको जानकारी हामीले पाएका छौँ।’’

दूतावासका अनुसार ज्यान गुमाउनेमध्ये चारैजनाको सनाखत भएको छ। ज्यान गुमाउने नेपालीमा दुई जना पुरुष र दुईजना महिला रहेको भनिएको छ। त्यसमध्ये एक पुरुष कोशी प्रदेशका र अर्की महिला सुदूरपश्चिमकी रहेको भारतीय निकायलाई उद्धृत गर्दै अधिकारीहरूले जनाएका छन्। – बीबीसी नेपाली सेवा

Published Date: 23 January 2025


ताजा
अब सबै अनलाइन बिजनेस सरकारी निकायमा सूचीकरण हुनुपर्ने
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न
हिसान भक्तपुरद्वारा कक्षा १२ मा ३.६ जीपीए वा सोभन्दा माथि ल्याउने विद्यार्थी सम्मानित


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली