डाक्टरको लाइसेन्स परीक्षामा ६९ प्रतिशत अनुत्तीर्ण

डाक्टरको लाइसेन्स परीक्षामा ६९ प्रतिशत अनुत्तीर्ण : Icon Khabar

काठमाडौं, माघ १० । नेपाल मेडिकल काउन्सिलले लिएको नाम दर्ता (लाइसेन्स) परीक्षामा ६९ प्रतिशत अनुत्तीर्ण भएका छन्। काउन्सिलले बुधबार राती सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागीमध्ये जम्मा ३१ दशमलव ०४ प्रतिशत मात्र उत्तीर्ण भएका हुन्।

काउन्सिलले मंगलबार र बुधबार लिएको परीक्षामा एमबीबीएस र बीडीएसमा गरी ८४४ जना विद्यार्थी सहभागी थिए। सहभागीमध्ये ५८२ जना अनुत्तीर्ण भएका हन् भने २६२ जना मात्र उत्तीर्ण हुन सफल भएका हुन्।

सार्वजनिक नतिजा अनुसार एमबीबीएस तर्फ ७७० जनाले परीक्षाका लागि आवेदन दिएका थिए। जसमध्ये परीक्षामा १७ जना अनुपस्थित भए। परीक्षा दिएका ७५३ जनामध्ये २४१ जना मात्र उत्तीर्ण हुन सफल भएका छन्।

यस्तै बीडीएस तर्फ ९५ जनाले आवेदन दिए पनि परीक्षामा ४ जना अनुपस्थित भएका थिए। परीक्षा दिएका ९१ जनामध्ये २१ जना मात्र उत्तीर्ण भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 January 2025






ताजा
कुलमान घिसिङको राजीनामापछि अलपत्र बनेको भक्तपुर–अरनिको राजमार्ग विस्तार
राष्ट्रिय परिचयपत्रको नाममा हैरानी: कति पटक आवेदन दिनुपर्ने?
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
च्याम्पियन्स लिग : प्रिमियर लिगका पाँच क्लब सोझै अन्तिम १६ मा, न्युकासलले प्लेअफ खेल्ने


ट्रेन्डिङ
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
प्रतिनिधि सभा निर्वाचन २०८२: भक्तपुर–१ बाट को संसद पुग्ला? (उम्मेदवार सूचीसहित)
भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध
किकम्पा मन्टेश्वरी प्रि–स्कूलको ८औँ स्थापना दिवसमा स्वास्थ्य शिविर सम्पन्न