डाक्टरको लाइसेन्स परीक्षामा ६९ प्रतिशत अनुत्तीर्ण

डाक्टरको लाइसेन्स परीक्षामा ६९ प्रतिशत अनुत्तीर्ण : Icon Khabar

काठमाडौं, माघ १० । नेपाल मेडिकल काउन्सिलले लिएको नाम दर्ता (लाइसेन्स) परीक्षामा ६९ प्रतिशत अनुत्तीर्ण भएका छन्। काउन्सिलले बुधबार राती सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागीमध्ये जम्मा ३१ दशमलव ०४ प्रतिशत मात्र उत्तीर्ण भएका हुन्।

काउन्सिलले मंगलबार र बुधबार लिएको परीक्षामा एमबीबीएस र बीडीएसमा गरी ८४४ जना विद्यार्थी सहभागी थिए। सहभागीमध्ये ५८२ जना अनुत्तीर्ण भएका हन् भने २६२ जना मात्र उत्तीर्ण हुन सफल भएका हुन्।

सार्वजनिक नतिजा अनुसार एमबीबीएस तर्फ ७७० जनाले परीक्षाका लागि आवेदन दिएका थिए। जसमध्ये परीक्षामा १७ जना अनुपस्थित भए। परीक्षा दिएका ७५३ जनामध्ये २४१ जना मात्र उत्तीर्ण हुन सफल भएका छन्।

यस्तै बीडीएस तर्फ ९५ जनाले आवेदन दिए पनि परीक्षामा ४ जना अनुपस्थित भएका थिए। परीक्षा दिएका ९१ जनामध्ये २१ जना मात्र उत्तीर्ण भएका थिए।

Published Date: 23 January 2025
ताजा
मंगलबार नेप्से परिसूचक २४.६३ अंकले घट्यो
भेनेजुएलाको भूकम्पका कारण ५८ हजार भन्दा बढी भवनहरू क्षतिग्रस्त
इम्युनिटी पावर बलियो बनाउन गर्मीमा पिउनुस यी पेय पदार्थहरू
काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी हाँस तथा कुखुरा नष्ट


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी