सन् २०२४ मा पृथ्वीको सतहको औसत तापक्रम रेकर्ड अहिलेसम्मकै तातो रहेको पुष्टि

सन् २०२४ मा पृथ्वीको सतहको औसत तापक्रम रेकर्ड अहिलेसम्मकै तातो रहेको पुष्टि : Icon Khabar

लस एन्जलस, माघ ३ । नासाका वैज्ञानिकहरुको नेतृत्वमा गरिएको विश्लेषणले सन् २०२४ मा पृथ्वीको सतहको औसत तापक्रम रेकर्ड अहिलेसम्मकै उच्च (तातो) रहेको पुष्टि गरेको छ । सन् २०२४ मा विश्वव्यापी तापमान २० औं शताब्दीको आधारभूत रेखा (सन् १९५१–१९८०) भन्दा १.२८ डिग्री सेल्सियस बढी रहेको थियो ।

नासाका प्रशासक बिल नेल्सनले भने,“फेरि पनि तापक्रमको रेकर्ड तोडिएको छ । सन् १८८० मा रेकर्ड राख्ने काम सुरु भएदेखि सन् २०२४ सबैभन्दा तातो वर्ष रहेको देखिएको छ ।”वैज्ञानिकहरुले हालैका दशकहरुमा तापक्रम वृद्धिको लागि कार्बन डाइअक्साइड, मिथेन र अन्य हरितगृह ग्यासहरुलाई दोष दिन्छन् ।

हालैको अन्तर्राष्ट्रिय विश्लेषणका अनुसार सन् २०२२ र सन् २०२३ मा पृथ्वीले जीवाश्म इन्धनबाट कार्बन डाइअक्साइड उत्सर्जनमा कीर्तिमानी वृद्धि गरेको देख्न सकिन्छ ।वायुमण्डलमा कार्बन डाइअक्साइडको एकाग्रता बढेर अहिले लगभग ४२० भाग प्रतिमिलियनमा पुगेको छ । – सिन्हवा

Published Date: 16 January 2025


ताजा
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
अब सबै अनलाइन बिजनेस सरकारी निकायमा सूचीकरण हुनुपर्ने
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली