सन् २०२४ मा पृथ्वीको सतहको औसत तापक्रम रेकर्ड अहिलेसम्मकै तातो रहेको पुष्टि

सन् २०२४ मा पृथ्वीको सतहको औसत तापक्रम रेकर्ड अहिलेसम्मकै तातो रहेको पुष्टि : Icon Khabar

लस एन्जलस, माघ ३ । नासाका वैज्ञानिकहरुको नेतृत्वमा गरिएको विश्लेषणले सन् २०२४ मा पृथ्वीको सतहको औसत तापक्रम रेकर्ड अहिलेसम्मकै उच्च (तातो) रहेको पुष्टि गरेको छ । सन् २०२४ मा विश्वव्यापी तापमान २० औं शताब्दीको आधारभूत रेखा (सन् १९५१–१९८०) भन्दा १.२८ डिग्री सेल्सियस बढी रहेको थियो ।

नासाका प्रशासक बिल नेल्सनले भने,“फेरि पनि तापक्रमको रेकर्ड तोडिएको छ । सन् १८८० मा रेकर्ड राख्ने काम सुरु भएदेखि सन् २०२४ सबैभन्दा तातो वर्ष रहेको देखिएको छ ।”वैज्ञानिकहरुले हालैका दशकहरुमा तापक्रम वृद्धिको लागि कार्बन डाइअक्साइड, मिथेन र अन्य हरितगृह ग्यासहरुलाई दोष दिन्छन् ।

हालैको अन्तर्राष्ट्रिय विश्लेषणका अनुसार सन् २०२२ र सन् २०२३ मा पृथ्वीले जीवाश्म इन्धनबाट कार्बन डाइअक्साइड उत्सर्जनमा कीर्तिमानी वृद्धि गरेको देख्न सकिन्छ ।वायुमण्डलमा कार्बन डाइअक्साइडको एकाग्रता बढेर अहिले लगभग ४२० भाग प्रतिमिलियनमा पुगेको छ । – सिन्हवा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 January 2025
Website | + posts
ताजा
वैदेशिक अध्ययनमा नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
मंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढ्यो
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न