बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार

बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार : Icon Khabar

मुम्बई, माघ ३ । बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार भएको छ । रातको साढे दुई बजे एक व्यक्तिले अभिनेतामाथि चक्कु प्रहार गरेका हुन् । ति व्यक्ति चोरी गर्नका लागि सैफको मुम्बई, बान्द्रस्थित घरमा छिरेका थिए ।

सैफलाई यतिबेला मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएका छन् । त्यहाँ उनको शल्यक्रिया भइरहेको छ । उनलाई चक्कुले ६ पटकसम्म प्रहार गरिएको बताइन्छ । सैफको घाँटी र मेरुदण्डको नजिक गहिरो चोट लागेको छ ।

उनको शरीरमा तीन इन्च गहिरो चोट छ । उनको स्नायु र कस्मेटिक सर्जरी गरिदैछ । चोरसँगको घम्साघम्सीमा सैफका घरेलु कामदारलाई पनि सामान्य चोट लागेको छ ।

सैफमाथि यो आक्रमण उनका बच्चा तैमूर र जेहको कोठामा भएको थियो । आक्रमणकारी कसरी घरभित्र प्रवेश गरे र त्यहाँसम्म पुगे भनी प्रहरीले अनुसन्धान गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 January 2025
Website | + posts
ताजा
अनलाइन सञ्चारमाध्यम जिल्ला प्रशासन कार्यालयमा दर्ता हुनुपर्ने प्रावधान विरुद्व सर्वोच्चमा रिट
रविलाई थुनामुक्त गर्न मागप्रति आदेश आउन बाँकी
सोमबार नेप्से परिसूचक २७.९० अंकले घट्यो
आजदेखि माबिलुङ इनर्जीको आईपीओ निष्काशन


ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल