डा सिंहलाई कुटपिट गर्नेलाई कारबाही गर्न नेपाल चिकित्सक संघको माग

डा सिंहलाई कुटपिट गर्नेलाई कारबाही गर्न नेपाल चिकित्सक संघको माग : Icon Khabar

काठमाडौं, माघ २८ । राष्ट्रपतिको सुरक्षामा दिने क्रममा राष्ट्रिय ट्रमा सेन्टरका शल्यचिकित्सक डा जनित सिंहलाई कुटपिट गर्ने सुरक्षाकर्मीलाई नेपाल चिकित्सक संघले कारबाही गर्न माग गरेको छ । संघले सुरक्षाकर्मीलाई कारबाही गर्न २४ घण्टाको समय दिएको छ ।

संघले शुक्रबार साँझ जारी गरेको विज्ञप्तिमा चिकित्सकमाथि कुटपिट गर्ने प्रहरीलाई कारबाही नगरे आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।

शल्यक्रिया सकेर घरबाट निस्किने क्रममा परिचयपत्र देखाएर पनि प्रहरीले गम्भीर घाइते हुनु स्वास्थ्य सेवा जस्ता संवेदनशील क्षेत्रमा काम गर्ने चिकित्सकका लागि अत्यन्तै दुर्भाग्यपूर्ण र अशोभनीय कार्य भएको संघले जनाएको छ ।

संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सुरक्षाकर्मीको यस प्रकारको अप्राकृतिक र अत्यन्त निन्दनीय कार्यको नेपाल चिकित्सक संघ घोर भर्त्सना गर्दछ र घटनामा संलग्न दोषी सुरक्षाकर्मीलाई कानुन बमोजिम कडा भन्दा कडा कारबाही गर्न माग गर्दछ ।

त्यसैगरी २४ घण्टाभित्र दोषीमाथि कानुनी कारबाही नभएको अवस्थामा संघले शनिबार केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएर आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाएको छ ।

शुक्रबार राष्ट्रपतिको सुरक्षामा खटिएका सुरक्षाकर्मीले सडकमा हिँड्ने क्रममा लाठी प्रहार गर्दा राष्ट्रिय ट्रमा सेन्टरका शल्यचिकित्सक डा जनित सिंह गम्भीर घाइते भएका छन् ।

ट्रमा सेन्टरका निर्देशक डा रुद्र मरासिनीका अनुसार डा सिंहले आफू डाक्टर भएको र वीर अस्पताल जाँदै गरेको भन्दै परिचयपत्र देखाएका थिए । तर, सुरक्षाकर्मीले उनको कार्ड खोसेर लाठीले हाने । उनी गम्भीर घाइते छन्,’ डा मरासिनीले भने ।

यसैबीच, प्रहरी प्रवक्ता डिआइजी पोषराज पोखरेलले प्रहरीको भूमिकाको बचाउ गर्दै ड्युटी गर्ने क्रममा प्रहरी कर्मचारीले रोकेपछि डाक्टरले नै सबैभन्दा पहिले शारीरिक कुटपिट गरेको बताए । ‘बिवाद चर्किएपछि डाक्टरलाई पक्राउ गर्नुपर्ने अवस्था आयो’, डीआईजी पोखरेलले भने, ‘डाक्टरले लात हानेपछि प्रहरीले शारीरिक कारबाही गरेको हो ।

उनले घटनाबारे उपत्यका प्रहरी कार्यालय रानीपोखरीले थप अनुसन्धान गर्ने बताए ।

Published Date: 11 February 2023
Website | + posts




















ताजा
तीन वर्षदेखि अधुरै चाँगुनारायण प्रवेशद्वार, आक्रोशित स्थानीयले गरे सडक अवरुद्ध
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?
एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ: प्रधानमन्त्री बालेन शाह
दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” आज राति ८ बजेदेखि प्रारम्भ हुँदै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?