डा सिंहलाई कुटपिट गर्नेलाई कारबाही गर्न नेपाल चिकित्सक संघको माग

डा सिंहलाई कुटपिट गर्नेलाई कारबाही गर्न नेपाल चिकित्सक संघको माग : Icon Khabar

काठमाडौं, माघ २८ । राष्ट्रपतिको सुरक्षामा दिने क्रममा राष्ट्रिय ट्रमा सेन्टरका शल्यचिकित्सक डा जनित सिंहलाई कुटपिट गर्ने सुरक्षाकर्मीलाई नेपाल चिकित्सक संघले कारबाही गर्न माग गरेको छ । संघले सुरक्षाकर्मीलाई कारबाही गर्न २४ घण्टाको समय दिएको छ ।

संघले शुक्रबार साँझ जारी गरेको विज्ञप्तिमा चिकित्सकमाथि कुटपिट गर्ने प्रहरीलाई कारबाही नगरे आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।

शल्यक्रिया सकेर घरबाट निस्किने क्रममा परिचयपत्र देखाएर पनि प्रहरीले गम्भीर घाइते हुनु स्वास्थ्य सेवा जस्ता संवेदनशील क्षेत्रमा काम गर्ने चिकित्सकका लागि अत्यन्तै दुर्भाग्यपूर्ण र अशोभनीय कार्य भएको संघले जनाएको छ ।

संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सुरक्षाकर्मीको यस प्रकारको अप्राकृतिक र अत्यन्त निन्दनीय कार्यको नेपाल चिकित्सक संघ घोर भर्त्सना गर्दछ र घटनामा संलग्न दोषी सुरक्षाकर्मीलाई कानुन बमोजिम कडा भन्दा कडा कारबाही गर्न माग गर्दछ ।

त्यसैगरी २४ घण्टाभित्र दोषीमाथि कानुनी कारबाही नभएको अवस्थामा संघले शनिबार केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएर आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाएको छ ।

शुक्रबार राष्ट्रपतिको सुरक्षामा खटिएका सुरक्षाकर्मीले सडकमा हिँड्ने क्रममा लाठी प्रहार गर्दा राष्ट्रिय ट्रमा सेन्टरका शल्यचिकित्सक डा जनित सिंह गम्भीर घाइते भएका छन् ।

ट्रमा सेन्टरका निर्देशक डा रुद्र मरासिनीका अनुसार डा सिंहले आफू डाक्टर भएको र वीर अस्पताल जाँदै गरेको भन्दै परिचयपत्र देखाएका थिए । तर, सुरक्षाकर्मीले उनको कार्ड खोसेर लाठीले हाने । उनी गम्भीर घाइते छन्,’ डा मरासिनीले भने ।

यसैबीच, प्रहरी प्रवक्ता डिआइजी पोषराज पोखरेलले प्रहरीको भूमिकाको बचाउ गर्दै ड्युटी गर्ने क्रममा प्रहरी कर्मचारीले रोकेपछि डाक्टरले नै सबैभन्दा पहिले शारीरिक कुटपिट गरेको बताए । ‘बिवाद चर्किएपछि डाक्टरलाई पक्राउ गर्नुपर्ने अवस्था आयो’, डीआईजी पोखरेलले भने, ‘डाक्टरले लात हानेपछि प्रहरीले शारीरिक कारबाही गरेको हो ।

उनले घटनाबारे उपत्यका प्रहरी कार्यालय रानीपोखरीले थप अनुसन्धान गर्ने बताए ।

Published Date: 11 February 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २९ गते आइतबार
सूर्योदय सेकेन्डरी स्कुलको ४५औँ वार्षिकोत्सव सम्पन्न, “सूर्योदय रत्न सम्मान” किरण सुवाललाई प्रदान
विश्व प्रसिद्व भारतीय गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न






ट्रेन्डिङ
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा