माघ महिनाका लागि अधिकांश वाणिज्य बैंकको ब्याजदर स्थिर

माघ महिनाका लागि अधिकांश वाणिज्य बैंकको ब्याजदर स्थिर : Icon Khabar

काठमाडौं, पुस २९ । आगामी माघका लागि अधिकांश वाणिज्य बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् । २० मध्ये १७ बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा दिँदै आएको अधिकतम ब्याजदर यथावत राखेका छन् ।

लक्ष्मी सनराइज बैंकले पुसको तुलनामा माघमा व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर बढाएको छ । पुसमा ५.५ प्रतिशत रहेको अधिकतम ब्याजदर माघमा ५.७५ प्रतिशत पुगेको हो ।

यस्तै नेपाल एसबीआई र कृषि विकास बैंकले भने ब्याजदर घटाएका छन् । नेपाल एसबीआईले पुसमा ६ प्रतिशत रहेको ब्याजदर माघका लागि अधिकतम ५.५ प्रतिशत कायम गरेको हो ।

यस्तै कृषि विकास बैंकले पुसमा ५.५७ प्रतिशत रहेको ब्याजदर माघका लागि ५.५१ प्रतिशत कायम गरेको हो । माघमा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याजदर दिने बैंकमा एनएमबी र एनआईसी एसिया छन् । दुवै बैंकले ६.६ प्रतिशत ब्याजदर दिने भएका हुन् ।

आर्थिक वर्ष तेस्रो त्रैमासदेखि ब्याजदर केही परिवर्तन हुने अपेक्षा भए पनि बैंकहरू तत्काल ब्याजदर बढाउने पक्षमा नरहेको देखिन्छ । अहिले पनि बैंकिङ प्रणालीमा ३ खर्बभन्दा धेरै अधिक तरलता भएर राष्ट्र बैंकले प्रशोचन गर्नुपर्ने अवस्था छ ।

कर्जा मागमा ठूलो परिवर्तन भएको र दुई महिनापछि सरकारले पूँजीगत खर्च बढाउँदै जाँदा निक्षेपमा थप बढ्ने भएकाले चालु आव ब्याजदर बढी हाल्ने अवस्था नरहेको बैंकर बताउँछन् ।

पुस मसान्तमा आयकरको पहिलो किस्ता भुक्तानी गर्दा केही तरलता बाहिरिने तथा ब्याज तिर्नुपर्ने जस्ता कारण कर्जामा केही वृद्धि देखिए पनि नयाँ माग सिर्जना हुन नसकेको एभरेस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङ बताउँछन् ।

‘भारतमा पाम तेल लगायतको निर्यात सुरु भएकाले त्यसमा केही कर्जा माग बढेको छ । त्यसबाहेक निर्माणको समय भएकाले हाइड्रोपावरमा केही कर्जामा माग देखिन्छ,’ उनले भने, ‘माघमा कर्जाको मागले कस्तो अवस्था देखाउँछ । त्यसले आगामी दिनमा ब्याजदर के हुन्छ भन्ने निर्धारण गर्छ । रेमिट्यान्समा कमी आउँदा पुसमा निक्षेप अपेक्षाकृत बढ्न भने सकेको छैन ।’

माघमा पनि कर्जाको मागमा ठूलो परिवर्तन नदेखिए ब्याजदर बढी हाल्ने अवस्था भने नरहेको उनले बताए ।

Published Date: 13 January 2025
Website | + posts




















ताजा
सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किँदा विदेशी नागरिकको मृत्यु, एक घाइते
३३ लाख रुपैयाँसहितको कार अख्तियारको फन्दामा, मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घिमिरे पक्राउ
हस्तमैथुन के हो ? यसका फाइदा, बेफाइदा र भ्रमबारे जान्नैपर्ने कुरा
भक्तपुरमा तीनदिने रोटरी पुस्तक प्रदर्शनी सम्पन्न


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक