नेपाल खुल्ला विश्वविद्यालयमा सूचना प्रविधिमा स्नातकोत्तर तहको अध्ययन सुरू

नेपाल खुल्ला विश्वविद्यालयमा सूचना प्रविधिमा स्नातकोत्तर तहको अध्ययन सुरू : Icon Khabar

काठमाडौँ, पुस २६ । नेपाल खुल्ला विश्वविद्यालयमा सूचना प्रविधिमा स्नातकोत्तर तह Master in Information Technology (MIT) को पढाई सुरू भएको छ।

खुला शिक्षा प्रणालीको नविनतम शिक्षण विधि तथा प्रविधिको माध्यमबाट विभिन्न विषयमा उच्चस्तरीय अध्ययन, अध्यापन तथा अनुसन्धानको व्यवस्था गरी उच्च शिक्षामा सर्वसाधारणको सहज पहुँच पुर्याई ज्ञान, सीप, प्रविधियुक्त जनशक्ति उत्पादन गर्न नेपाल खुल्ला विश्वविद्यालयको स्थापना भएको हो ।

यस विश्वविद्यालयमा विभिन्न संकाय अन्तर्गत स्नातक देखि विद्यावारिधी सम्मको पढाई हुन्छ । यसै वर्ष देखि ने खु वि विको विज्ञान, स्वास्थ तथा प्रविधि संकाय अन्तर्गत Master in Information Technology (MIT) specialization in Data Science or Cyber Security विषयको पठन पाठन सुरू गरेको छ , दुई बर्ष चार सेमेस्टरको उक्त कार्यक्रममा भर्ना हुन सुचना प्रविधि विषयमा स्नातक वा सो सरह उतिर्ण गरेको हुनु पर्ने छ ।

प्रत्येक दिन बेलुका ६ः३० बजे देखि ९ः३० बजे सम्म कक्षा संचालन हुने उक्त विश्वविद्यालयमा विदेशिएका युवाहरु देखि भान्छाका गृहणीहरु समेतको आर्कषण रहेको पाईन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 January 2025
Website | + posts