अमेरिकामा हिउँमा चिप्लिएर पोखरीमा कार खस्दा दुई जना नेपालीको मृत्यु

अमेरिकामा हिउँमा चिप्लिएर पोखरीमा कार खस्दा दुई जना नेपालीको मृत्यु : Icon Khabar

काठमाडौँ, पुस २६ । अमेरिकामा हिउँमा चिप्लिएर पोखरीमा कार खस्दा दुई जना नेपालीको मृत्यु भएको छ।

अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्स काउन्टीस्थित स्यान्टिलीमा रहेको विंगेट बाई विन्डह्याम होटल नजिकैको पोखरीमा कार खस्दा दुई जनाको मृत्यु भएको स्यान्टिलीबाट प्रकाशित हुने अखबार डेलीभोइसले जनाएको छ।

मृत्यु हुनेमा ५५ वर्षीय कर्ण खड्का र २० वर्षीय निश्चल भट्ट रहेका स्थानीय अखबार एनबिसी वासिंटनले जनाएको छ। उनीहरुको नेपालको ठेगाना भने खुलेको छैन।

खड्का सोही होटलमा कार्यरत थिए। २० वर्षीय भट्टले जागिरको लागि आवेदन दिने योजना बनाएकाले उनीसँग थिए।

फेयरफ्याक्स काउन्टी प्रहरीका अनुसार बिहीबार स्थानीय समयअनुसार बिहान ७:२५ बजे सेन्टरभ्यू ड्राइभको ३९०० ब्लकमा गाडी डुबेको सूचना प्राप्त भएको थियो।

हिउँले ढाकेको सडकमा गुडिरहेको कार अकास्मात् चिप्लेर पोखरीमा खसेको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै डेलीभोइसले लेखेको छ।

सूचनापछि घटनास्थल पुगेको प्रहरीले पोखरीबाट कार निकालेको थियो। कार १० फिट गहिरो पोखरीमा पूर्ण रूपमा डुबेको थियो।कारभित्र दुई जना मृत भेटिएका थिए।

प्रहरीले उनीहरूको बारेमा जानकारी भएकाहरूलाई फेयरफ्याक्स काउन्टी प्रहरीलाई सम्पर्क गर्न अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 January 2025
Website | + posts




ताजा
सामसङ नेपालद्वारा ‘शार्क ट्याङ्क नेपाल’ का शार्कहरूलाई ग्यालेक्सी जेड फोल्ड ७ प्रदान
अमेरिकासँग नेपाल १ सय ६ रनले पराजित
सरकारले तोकेको मूल्यमा किसानको धान खरिद गर्ने
आगामी फागुन २१ हुने निर्वाचनका लागि कार्तिक २१ गतेभित्र दल दर्ता गरिसक्नुपर्ने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने