पर्यटन समितिका सभापति यादव र सांसद सुवालबीच सवालजबाफ

पर्यटन समितिका सभापति यादव र सांसद सुवालबीच सवालजबाफ : Icon Khabar

काठमाडौँ, पुस २५ । प्रतिनिधि सभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बिहीबारको बैठकमा सभापति राजकिशोर यादव र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालबीच सवालजबाफ भएको छ।

आफूले असहमति जनाउँदा जनाउँदै सभापति यादवले बैठकका निर्णयहरू सुनाएको र कुरा राख्न पनि समय नदिएको जस्ता विषय सुवालले राखेका थिए।

सांसद सुवालले कुरा राख्दै गर्दा औंला उठाएको भन्दै सभापति यादवले औंला तल राख्न भनेका थिए। सभापति यादव कडा स्वरमा बोलेपछि छेवैमा रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सभापति यादवलाई सम्झाउन खोजेका थिए।

सांसद सुवालले सभापति यादवलाई भने, ‘तपाईं निरंकुश नहुनुस्, यो राणा शासन होइन। मैले असहमति छ भनेपछि तपाईंले किन भन्नुपर्ने हो। तपाईं एक्लै हो, के फुर्ति गर्नुहुन्छ, हुत्तिनुहुन्छ।’

Published Date: 09 January 2025








ताजा
कटुन्जेको मनोरम स्कूलमा यहि वैशाख १२ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
भक्तपुरको मालपोत कार्यालयमा सेवा प्रवाहमा अवरोध पुर्‍याउने ११ जना पक्राउ
मुगुको रारा ताल: प्रकृतिको अनुपम उपहार
तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाह मातहतमै रहने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा