अवैध खैरो हेरोइनसहित ५ जना पक्राउ

अवैध खैरो हेरोइनसहित ५ जना पक्राउ : Icon Khabar

कैलाली, पुस २५ । जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान शाखाबाट प्रहरी नायव निरीक्षक गजेन्द्र बहादुर चन्दको कमान्डमा खटिएको प्रहरी टोलीले अवैध खैरो हेरोइनसहित ५ जनालाई पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका–०९ को वडा कार्यालय नजिकबाट १ ग्राम ९१० मिलिग्राम खैरो हिरोइन, बङ्ग्राकटानबाट १३० मिलिग्राम र धनगढी उपमहानगरपालिका–१ शिवनगरबाट ५० मिलिग्राम गरी जम्मा २ ग्राम ९० मिलिग्राम खैरो हेरोइनसहित पाँच जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१० बस्ने वर्ष २६ का तपेन्द्र पाली, सोही नगरपालिका –९ बस्ने वर्ष २५ का महेश ओड, वर्ष २७ का नवल बोहरा, धनगढी उपमहानगरपालिका–९ बङराकटान बस्ने वर्ष २६ का डम्बर ठगुन्ना र धनगढी उपमहानगरपालिका–१ शिवनगर बस्ने वर्ष १९ का सुरज थापा रहेका छन् ।

Published Date: 09 January 2025








ताजा
कटुन्जेको मनोरम स्कूलमा यहि वैशाख १२ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
भक्तपुरको मालपोत कार्यालयमा सेवा प्रवाहमा अवरोध पुर्‍याउने ११ जना पक्राउ
मुगुको रारा ताल: प्रकृतिको अनुपम उपहार
तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाह मातहतमै रहने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा