चीन बन्यो विश्वकै सबैभन्दा ठूलो कार उत्पादक

चीन बन्यो विश्वकै सबैभन्दा ठूलो कार उत्पादक : Icon Khabar

काठमाडौँ, पुस २२ । विश्वमा सवारी साधनहरूको माग लगातार बढिरहेको छ । साेहि कारण कारको उत्पादन पनि बढिरहेको छ । हालसालै सार्वजनिक गरिएको प्रतिवेदन अनुसार सन् २०२३ मा विश्वव्यापी कारकाे उत्पादन ९३.५ मिलियन युनिट पुग्याे ।

यो संख्या २०१९को तुलनामा २ प्रतिशत र २०२२ को तुलनामा १७ प्रतिशतले बढी हो।

चीन बन्यो सबैभन्दा ठूलो उत्पादक

कार उत्पादनमा चीन विश्वमा पहिलो स्थानमा रहेकाे छ । सन् २०२३मा, चीनले कुल विश्वव्यापी उत्पादनको एक तिहाइ (करिब ३० प्रतिशत)भन्दा बढी आफ्नो नाममा गरेकाे छ। चीन सबैभन्दा ठूलो कार उत्पादक मात्र नभएर सबैभन्दा ठूलो कार निर्यातकर्ता पनि बनेको छ। चीनको उत्पादन क्षमता घरेलु मागभन्दा धेरै छ । साेहि कारण चीनले ठूलो संख्यामा कार निर्यात गर्छ। यस बाहेक, चीनले विद्युतीय सवारी साधनको क्षेत्रमा पनि ठूलो लगानी गरेको छ र उद्योगमा अग्रणी भूमिका खेल्दै आएको छ ।

यी देशहरू पछि परे

अमेरिका र जापान क्रमशः ११.३ प्रतिशत र ९.६ प्रतिशत शेयरका साथ दोस्रो र तेस्रो स्थानमा छन् । कुनै समय जर्मनी कार निर्माणमा अग्रणी स्थानमा रहेकाे थियो । हाल भने याे देश ४.८ प्रतिशत हिस्सेदारीका साथ पछाडि रहेकाे छ।

यसैगरी, बेलायतको योगदान १.९ प्रतिशत मात्रै रहेको छ ।

भारतको पनि उल्लेखनिय योगदान

भारत विश्वमा सबैभन्दा धेरै कार उत्पादन गर्ने देशहरूमध्येमा पर्छ। २०२३मा विश्वव्यापी कार उत्पादनमा भारतको योगदान ६.३ प्रतिशत रहेकाे छ। यसले भारतको अटोमोबाइल उद्योगको द्रुत रूपमा बढ्दो सम्भावनालाई झल्काउँछ। – एजेन्सीकेा सहयाेगमा ।

Published Date: 06 January 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै