भक्तपुर, पुस २२ । भक्तपुर टेलरिङ्ग व्यवसायी संघको अध्यक्षमा हरिगोविन्द भोमी सर्वसम्मतले निर्वाचित भएका छन्। शनिबार भक्तपुरमा आयोजित संघको तेश्रो साधारणसभा तथा दोश्रो अधिवेशनमा भोमी नयाँ अध्यक्षमा रूपमा घोषणा भएका हुन्।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा भएको सो समारोहमा प्रमुख प्रजापतिले सिलाई व्यवसाय सेवा उद्योग हो भन्दै यसले प्रत्यक्ष र परोक्ष रुपमा देशको अर्थतन्त्रलाई टेवा पुर्याइरहेको बताए। उनले सिलाइ व्यवसायलाई व्यापक रुपमा विकास गर्न सके विदेशिने धेरै रकम जोगाउन सकिने बताउँदै देशको रकम बाहिरिनबाट जोगाउन सक्नु देशको आम्दानी बढाउनु हो भने।
उनले नेपालको आर्थिक अवस्था झन् झन् कमजोर हुँदै गएको बताउँदै नेपालले कपडा उद्योगमा आत्मनिर्भर बन्न सके देशको अर्थतन्त्रलाई सहयोग पुग्ने बताए। कार्यक्रममा भक्तपुर टेलरिङ व्यवसायी संघका अध्यक्ष गणेशभक्त गोसाइँले संघ स्थापनाको महत्व र उद्देश्यमाथि प्रकाश पार्दै संघमा आबद्ध सदस्यहरुको हकहितमा काम गर्दै आएको बताए।
नेपाल टेलरिङ व्यवसायी महासंघका अध्यक्ष सदिस श्रेष्ठले सिलाइ व्यवसायीहरुले सिलाइसँगै कपडाको व्यवसायलाई पनि सँगसँगै अगाडि बढाइ उपभोक्ताको मागअनुसारका सामानहरु उत्पादनमा जोड दिन व्यवसायीहरुलाई आग्रह गरे।
कार्यक्रममा नेपाल टेलरिङ व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष राजमान डंगोल, नेपाल टेलरिङ व्यवसायी महासंघका सल्लाहकार वीरमणि बज्राचार्य र उत्तमबहादुर श्रेष्ठ, नेपाल टेलरिङ व्यवसायी महासंघका बागमती प्रदेशका संयोजक दिपेन्द्र कारञ्चित, भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेमकृष्ण खर्बुजा, भक्तपुर चेम्बर अफ कमर्सका रीना श्रेष्ठ, काभ्रे टेलरिङ व्यवसाय संघका सुरेश श्रेष्ठ लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।
भक्तपुरका महासचिव सुदिप गणेशले संघ स्थापनाको इतिहास, उद्देश्य र यसका गतिविधिहरुमाथि प्रकाश पारेका थिए। कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले संघमा आबद्ध टेलरिङ व्यवसायीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए।
Published Date: 06 January 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1