एप्पलले सस्तो मूल्यमा आईफोन १६ बजारमा ल्याउने

एप्पलले सस्तो मूल्यमा आईफोन १६ बजारमा ल्याउने : Icon Khabar

काठमाडौं, पुस १८ । एप्पलको बजेटमैत्री फोनका रूपमा चिनिएको आईफोन एसईबारे बजारमा फेरि चर्चा सुरु भएको छ । सन् २०२२ मा आईफोन एसई थ्री सार्वजनिक गरेयता कम्पनीले सस्तो मूल्यको फोन ल्याएको थिएन । तर, हालैका अफवाहहरूका अनुसार एप्पलले चाँडै नै सस्तो मूल्यको नयाँ फोन बजारमा ल्याउने तयारी गरेको छ ।

यसपटक एप्पलले आईफोन एसईको नाम परिवर्तन गरी ‘आईफोन १६ई’ नामकरण गर्ने बताइएको छ । विभिन्न मिडिया रिपोर्टहरूका आधारमा कम्पनीले यो मोडेललाई आफ्नो मुख्य लाइनअपमा समाहित गर्दै आईफोन परिवारकै महत्वपूर्ण भागका रूपमा प्रस्तुत गर्न खोजेको छ ।

यो नयाँ आईफोनको डिजाइन आईफोन १४ जस्तै हुने चर्चा छ । यसमा ओएलईडी स्क्रिन, फेस आइडी र ८ जीबी र्याम हुनेछ । यसको अर्थ यो फोन पहिला भन्दा छिटो र शक्तिशाली हुनेछ । तर, यसमा डाइनामिक आइल्यान्ड फिचर उपलब्ध हुने छैन ।

फोनमा परम्परागत नच डिजाइन राखिनेछ । यो फोन सेतो र खैरो रंगमा उपलब्ध हुनेछ । मिड-रेन्ज बजारलाई लक्षित गरेर ल्याइने यस फोनले मिड-रेन्ज बजारमा एप्पलको प्रतिस्पर्धात्मक स्थिति सुदृढ गर्ने विश्लेषण गरिएको छ ।

Published Date: 02 January 2025


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता