एप्पलले सस्तो मूल्यमा आईफोन १६ बजारमा ल्याउने

एप्पलले सस्तो मूल्यमा आईफोन १६ बजारमा ल्याउने : Icon Khabar

काठमाडौं, पुस १८ । एप्पलको बजेटमैत्री फोनका रूपमा चिनिएको आईफोन एसईबारे बजारमा फेरि चर्चा सुरु भएको छ । सन् २०२२ मा आईफोन एसई थ्री सार्वजनिक गरेयता कम्पनीले सस्तो मूल्यको फोन ल्याएको थिएन । तर, हालैका अफवाहहरूका अनुसार एप्पलले चाँडै नै सस्तो मूल्यको नयाँ फोन बजारमा ल्याउने तयारी गरेको छ ।

यसपटक एप्पलले आईफोन एसईको नाम परिवर्तन गरी ‘आईफोन १६ई’ नामकरण गर्ने बताइएको छ । विभिन्न मिडिया रिपोर्टहरूका आधारमा कम्पनीले यो मोडेललाई आफ्नो मुख्य लाइनअपमा समाहित गर्दै आईफोन परिवारकै महत्वपूर्ण भागका रूपमा प्रस्तुत गर्न खोजेको छ ।

यो नयाँ आईफोनको डिजाइन आईफोन १४ जस्तै हुने चर्चा छ । यसमा ओएलईडी स्क्रिन, फेस आइडी र ८ जीबी र्याम हुनेछ । यसको अर्थ यो फोन पहिला भन्दा छिटो र शक्तिशाली हुनेछ । तर, यसमा डाइनामिक आइल्यान्ड फिचर उपलब्ध हुने छैन ।

फोनमा परम्परागत नच डिजाइन राखिनेछ । यो फोन सेतो र खैरो रंगमा उपलब्ध हुनेछ । मिड-रेन्ज बजारलाई लक्षित गरेर ल्याइने यस फोनले मिड-रेन्ज बजारमा एप्पलको प्रतिस्पर्धात्मक स्थिति सुदृढ गर्ने विश्लेषण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 January 2025
Website | + posts
ताजा
आमायाङ्ग्री पदयात्रा: हिमालको दृश्यसँगै प्रकृतिको अनुपम सौन्दर्य (फोटो फिचर)
शिक्षण अस्पतालले आगामी माघ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रमको उपचार सेवा बन्द गर्ने
बलिउड अभिनेत्री सन्नी लियोनले गरिन् नेपालको प्रशंसा
सोमबार सुनको मूल्य प्रतितोला ४ हजार १ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपूर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगितामा भक्तपूर मोडर्न स्कूलको उत्कृष्ट प्रदर्शन