मंगलबार नेप्से परिसूचक १४.११ अंकले बढ्यो

मंगलबार नेप्से परिसूचक १४.११ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, पुस ९ । मंगलबार नेप्से परिसूचक १४.११ विन्दुले बढेर २६२६.३१ अंकमा आएको छ ।

आज ५ अर्ब २० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । कारोबार पनि अघिल्लो दिनको तुलनामा बढेको हो । ३ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । ११ वटा समूहका सूचक बढेका छन् ।

आज ३१२ कम्पनीको १ करोड २७ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २० करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा जानकी फाइनान्स अग्रस्थानमा आएको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः जोशी हाइड्रोपावर र नेपाल फाइनान्स परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 December 2024
Website | + posts