थानकोट–चित्लाङ सडक बिहान र बेलुकाका लागि मात्रै खुला

थानकोट–चित्लाङ सडक बिहान र बेलुकाका लागि मात्रै खुला : Icon Khabar

हेटौँडा, पुस ९ । सडक डिभिजन कार्यालय काठमाडौंले एक महिनाका लागि पूर्णरूपमा बन्द गरेको मकवानपुर र काठमाडौं जोड्ने छोटो दूरीको मार्ग थानकोट–चित्लाङ सडक  बिहान र बेलुकाका लागि मात्रै खुला गरिएको छ ।

सडक डिभिजन कार्यालय काठमाडौंले स्थानीय बासिन्दाको समस्याप्रति बेवास्ता गर्दै विकल्प बिना सडक बन्द गरिएको भन्दै नागरिक स्तरबाट विरोध गरिएको थियो ।

स्थानीय बासिन्दा र जनप्रतिनिधिको विरोधपछि बिहान र बेलुका मात्रै साधन आवागमन गर्न दिने गरी सहमति भएको हो ।
थानकोट–चित्लाङ सडक स्तरोन्नतिका क्रममा बिहान ८ देखि दिउँसो ४ बजेसम्म बन्द हुने र सो बाहेकको समय सवारीका साधन सञ्चालन गर्न सकिने छ।

सडक डिभिजन कार्यालय काठमाडौंले यसअघि थानकोट–चित्लाङ सडक स्तरोन्नतिका लागि उक्त सडकको पानीघाटदेखि चन्द्रागिरि भञ्ज्याङ खण्ड पुस ७ गते आइतबारदेखि आगामी माघ ६ गतेसम्म पूर्ण रुपमा आवागमन बन्द हुने जनाएको थियो ।

यस्तै कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडक पनि यही पुस ११ गतेसम्म बन्द गरिएकाे छ ।

Published Date: 24 December 2024


ताजा
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरले गर्ने ‘भक्तपुर कोरा’ किन बन्यो देशकै विशेष साइकल उत्सव ?