थानकोट–चित्लाङ सडक बिहान र बेलुकाका लागि मात्रै खुला

थानकोट–चित्लाङ सडक बिहान र बेलुकाका लागि मात्रै खुला : Icon Khabar

हेटौँडा, पुस ९ । सडक डिभिजन कार्यालय काठमाडौंले एक महिनाका लागि पूर्णरूपमा बन्द गरेको मकवानपुर र काठमाडौं जोड्ने छोटो दूरीको मार्ग थानकोट–चित्लाङ सडक  बिहान र बेलुकाका लागि मात्रै खुला गरिएको छ ।

सडक डिभिजन कार्यालय काठमाडौंले स्थानीय बासिन्दाको समस्याप्रति बेवास्ता गर्दै विकल्प बिना सडक बन्द गरिएको भन्दै नागरिक स्तरबाट विरोध गरिएको थियो ।

स्थानीय बासिन्दा र जनप्रतिनिधिको विरोधपछि बिहान र बेलुका मात्रै साधन आवागमन गर्न दिने गरी सहमति भएको हो ।
थानकोट–चित्लाङ सडक स्तरोन्नतिका क्रममा बिहान ८ देखि दिउँसो ४ बजेसम्म बन्द हुने र सो बाहेकको समय सवारीका साधन सञ्चालन गर्न सकिने छ।

सडक डिभिजन कार्यालय काठमाडौंले यसअघि थानकोट–चित्लाङ सडक स्तरोन्नतिका लागि उक्त सडकको पानीघाटदेखि चन्द्रागिरि भञ्ज्याङ खण्ड पुस ७ गते आइतबारदेखि आगामी माघ ६ गतेसम्म पूर्ण रुपमा आवागमन बन्द हुने जनाएको थियो ।

यस्तै कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडक पनि यही पुस ११ गतेसम्म बन्द गरिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 December 2024
Website | + posts




ताजा
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
बुधबार नेप्से परिसूचक ४५.३६ अंकले घट्यो
चौधरी ग्रुपले शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने
आफूहरु संसद पुनर्स्थापनाको माग लिएर अदालत जाने: एमाले नेता बस्नते


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने