ललितपुरमा एक विद्यार्थीको हत्या

ललितपुरमा एक विद्यार्थीको हत्या : Icon Khabar

ललितपुर, पुस ९ । ललितपुरमा एक विद्यार्थीको हत्या भएको छ । च्यासलस्थित टाउन हब रेस्टुरेन्टमा भएको विवादका क्रममा भएको चक्कु प्रहारबाट इन्जिनियरिङ अध्ययनरत २३ वर्षीय नयन गुरुङको हत्या भएको हो ।

गएराति उक्त रेस्टुरेन्टमा साथीहरूसँगै गएका नयनलाई रेस्टुरेन्टका कर्मचारी डडेलधुरा स्थायी घर भएका हेमराज भट्टले चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खरेलले काउन्टरमा रहेका भट्टले चक्कु प्रहार गर्दा उनको मृत्यु भएको जानकारी दिए । आपसी विवादका क्रममा एकाएक भट्टले चक्का प्रहार गरेको बताइएको छ ।

राति ९ बजेर २० मिनेटतिर भएको उक्त घटनापछि चक्कु प्रहार गर्ने भट्टलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान कार्य अघि बढाएको छ ।

मृतक गुरुङ ललितपुरकै हिमालय कलेजको बीई चौथो सेमेस्टरमा अध्ययनरत थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 December 2024
Website | + posts




ताजा
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
बुधबार नेप्से परिसूचक ४५.३६ अंकले घट्यो
चौधरी ग्रुपले शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने