निसान र होण्डा कम्पनी एकापसमा गाभिने, प्रकिया सुरू

निसान र होण्डा कम्पनी एकापसमा गाभिने, प्रकिया सुरू : Icon Khabar

काठमाडौं, पुस ९ । अटो इण्डस्ट्रीका दिग्गज निसान र होण्डा कम्पनी एकापसमा गाभिने भएका छन् । चिनियाँ कम्पनीका गाडीसँग प्रतिस्पर्धा गर्न यी दुई जापानीज कम्पनी गाभिन लागेका हुन् ।

मर्जर प्रक्रियामा दुवै कम्पनीका प्रतिनिधिले सोमबार हस्ताक्षर गरेका छन् ।

यदि मर्ज भएर एकीकृत कारोबार सुरु भएमा यो विश्वको अटो इण्डष्ट्रीमा तेस्रो ठूलो कम्पनी हुनेछ । हालसम्म टोयोटा नै जापानको अग्रणी गाडी निर्माता कम्पनीको रुपमा छ ।

हाल सवारी उद्योग ठूलो बदलावका साथ अगाडि बढिरहेको छ । एकातर्फ जीवाश्म इन्धनको विकल्प रोज्नुपरेको छ भने अर्कोतर्फ चिनियाँ कम्पनीका उत्पादनसँग तीव्र प्रतिस्पर्धा गर्नु परेको छ ।

निसान परिवारको एक सदस्य मित्सुबिसी मोटर्सले पनि आफ्नो व्यावसायलाई एकीकृत गर्नका लागि छलफलमा सहभागी हुन सहमति जनाएको छ ।

निसानका सीईओ माकोतो उचिदाले भनेका छन्- यदि हामी एकीकरणमा सफल भयौं भने हामी ग्राहकको साथमा अझै उत्कृष्ट बन्न सफल हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 December 2024
Website | + posts




ताजा
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
बुधबार नेप्से परिसूचक ४५.३६ अंकले घट्यो
चौधरी ग्रुपले शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने