आज अपरान्ह ४ बजे मन्त्रिपरिषद्को नियमित बैठक बस्दै

आज अपरान्ह ४ बजे मन्त्रिपरिषद्को नियमित बैठक बस्दै : Icon Khabar

काठमाडौँ, पुस २ । आज मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो चार बजे बस्नेगरी मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकले सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय गर्ने बताइएको छ ।

बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे समेत छलफल हुनसक्ने एक मन्त्रीले बताए ।

‘मन्त्रिपरिषद् बैठकका एजेन्डा के के भन्ने त खुलेको छैन तर कुलमानबारे प्रश्न उठिरहेका छन्, त्यसबारे केही छलफल हुनसक्छ’, एक मन्त्रीको भनाइ छ ।

Published Date: 19 December 2024


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु