ख्वप विश्वविद्यालय विधेयक पनि पारित गर्न सांसद सुवालको माग

ख्वप विश्वविद्यालय विधेयक पनि पारित गर्न सांसद सुवालको माग : Icon Khabar

भक्तपुर, पुस ३ । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले ख्वप विश्वविद्यालय विधेयक पनि पारित गर्न सांसद सुवालको माग गरेका छन्।

मंगलबार भक्तपुरमा आयोजित एक कार्यक्रममा सांसद सुवालले भ्रष्टाचारीको सम्पत्ति जफत गर्ने कानूनी प्रावधान भएपनि वर्षैदेखि भ्रष्टाचारीको सम्पत्ति जफत नभएको बताउदै प्रधानमन्त्रीलगायत २५ जना विशिष्ट व्यक्तित्वहरूको सम्पत्ति विवरण गोप्य राख्नुको कारण के हो भनि प्रश्न गरे।

उनले वैदेशिक रोजगारको नाममा नेपालीलाई विदेशीको दास बनाउने, भारतको भाडाको सिपाही बनाउने तथा चेलीबेटी बेचबिखन भइरहेको तर्फ सङ्केत गर्दै दैनिक ७००० पासपोर्ट छाप्ने काम गार्हो भएको पराराष्ट्रमन्त्रीले बताउनु दुःखद भएको बताए।

नेपालीलाई स्वदेशमै रोजगारी गर्ने वातावरण बनाउन पनि उनले जोड दिए। भक्तपुरको सल्लाघारीस्थित १०८ रोपनी जग्गा ख्वप विश्वविद्यालय सञ्चालनको लागि माग गरिरहेको उल्लेख गर्दै उनले सरकारले ख्वप विश्वविद्यालय विधेयक पनि पारित गर्न माग गरे।

Published Date: 18 December 2024


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता