ख्वप विश्वविद्यालय विधेयक पनि पारित गर्न सांसद सुवालको माग

ख्वप विश्वविद्यालय विधेयक पनि पारित गर्न सांसद सुवालको माग : Icon Khabar

भक्तपुर, पुस ३ । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले ख्वप विश्वविद्यालय विधेयक पनि पारित गर्न सांसद सुवालको माग गरेका छन्।

मंगलबार भक्तपुरमा आयोजित एक कार्यक्रममा सांसद सुवालले भ्रष्टाचारीको सम्पत्ति जफत गर्ने कानूनी प्रावधान भएपनि वर्षैदेखि भ्रष्टाचारीको सम्पत्ति जफत नभएको बताउदै प्रधानमन्त्रीलगायत २५ जना विशिष्ट व्यक्तित्वहरूको सम्पत्ति विवरण गोप्य राख्नुको कारण के हो भनि प्रश्न गरे।

उनले वैदेशिक रोजगारको नाममा नेपालीलाई विदेशीको दास बनाउने, भारतको भाडाको सिपाही बनाउने तथा चेलीबेटी बेचबिखन भइरहेको तर्फ सङ्केत गर्दै दैनिक ७००० पासपोर्ट छाप्ने काम गार्हो भएको पराराष्ट्रमन्त्रीले बताउनु दुःखद भएको बताए।

नेपालीलाई स्वदेशमै रोजगारी गर्ने वातावरण बनाउन पनि उनले जोड दिए। भक्तपुरको सल्लाघारीस्थित १०८ रोपनी जग्गा ख्वप विश्वविद्यालय सञ्चालनको लागि माग गरिरहेको उल्लेख गर्दै उनले सरकारले ख्वप विश्वविद्यालय विधेयक पनि पारित गर्न माग गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 December 2024
Website | + posts




ताजा
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने
७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा ५० प्रतिशत छुट पाउने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा साइकल संस्कृति प्रवर्द्धन गर्न साइकल कनेक्ट र जेन्युन स्कुलबीच सम्झौता