मनकामना केबलकार आजबाट सुचारु

मनकामना केबलकार आजबाट सुचारु : Icon Khabar

काठमाडौँ, पुस ३ । मनकामना केबलकार आज बुधबारबाट सुचारु भएको छ । मनकामना दर्शन प्रालिले एक सूचना जारी गर्दै २ दिन सम्म टावर मर्मत सम्भार गर्ने कार्य सम्पन्न भएकाले आजबाट पूर्ण रूपमा मनकामना केबुलकार सञ्चालनमा ल्याइएको मनकामना दर्शन प्रालिका प्रबन्धक उज्ज्वल सेरचानले जानकारी दिए।

उनका अनुसार मनकामना केबलकारको टावर मर्मत र स्तरोन्नति कार्य गर्नु परेकाले पुस १ गते देखि पुस २ गते सम्म २ दिन मनकामना केबलकार बन्द गर्नु परेको बताए।

२०५५ साल देखि गोरखाको मनकामनामा मन्दिरमा १० मिनेटको बाटोबाट दर्शनर्थीलाई सहजता होस् भन्ने उद्देश्यले मनकामना केबुलकार सञ्चालनमा ल्याइएको हो । २६ वर्ष अघि जडित प्रविधिलाई प्रतिस्थापना गरेर अहिलेको विश्वमा प्रचलित आधुनिक प्रविधि जडान गरेर स्तरोन्नति गर्ने कार्य सम्पन्न भएता पनि टावरमा मर्मत कार्य गर्नु परेको मनकामना केबलकार प्रालिले जनाएको छ ।

Published Date: 18 December 2024


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता