बिहीबार नेप्से सूचक १२.४५ अंकले बढेर २१८२.६३ विन्दुमा

बिहीबार नेप्से सूचक १२.४५ अंकले बढेर २१८२.६३ विन्दुमा : Icon Khabar

काठमाडौँ, माघ २६ । बिहीबार नेप्से सूचक १२.४५ अंकले बढेर २१८२.६३ विन्दुमा पुगेको छ भने २ अर्ब ६ करोड २० लाख ५८ हजार ७४९ रुपैयाँ बराबरको ५६ लाख ४८ हजार २१२ कित्ता शेयर खरिदबिक्री भएको छ। बुधबारको तुलनामा कारोबार रकम भने घटेको छ।

बिहीबार कारोबारमा आएका १३ उपसमूहमा म्युचुअल फण्डबाहेक १२ वटा उपसमूहको सूचक सकारात्मक देखिएको छ। जसमा विकास बैंक उपसमूहको सूचक सबैभन्दा धेरै बढेको छ।

यस दिन बाराही हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने जोशी,न्यादी र इष्टर्न हाइड्रोपावरको शेयरमूल्य पनि उच्च बढेको छ।

यता ग्रामिण विकास लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ४.१६ प्रतिशतले बढेको छ भने आदर्श लघुवित्त र विन लघुवित्तको शेयरमूल्य पनि उच्च घटेको छ।

बिहीबार अपि पावरको सबैभन्दा धेरै ५ करोड ८६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नविल बैंक, ङादी गूप पावर र स्ट्यान्डर्ड चाटर्ड बैंकको पनि उच्च कारोबार भएको छ।

 

Published Date: 09 February 2023
ताजा
देशभर मनसुनी वायुको प्रभाव: ६ प्रदेशका पहाडी भू-भागमा भारी वर्षाको सम्भावना
आज मंगलबारको राशिफल
भक्तपुर नगरपालिका- १ दुधपाटीस्थित लुम्बिनी गेष्ट हाउसमा बसेकी एक युवतीको मृत्यु
सोमबार नेप्से परिसूचक ४१.७० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय