बिहीबार नेप्से सूचक १२.४५ अंकले बढेर २१८२.६३ विन्दुमा

बिहीबार नेप्से सूचक १२.४५ अंकले बढेर २१८२.६३ विन्दुमा : Icon Khabar

काठमाडौँ, माघ २६ । बिहीबार नेप्से सूचक १२.४५ अंकले बढेर २१८२.६३ विन्दुमा पुगेको छ भने २ अर्ब ६ करोड २० लाख ५८ हजार ७४९ रुपैयाँ बराबरको ५६ लाख ४८ हजार २१२ कित्ता शेयर खरिदबिक्री भएको छ। बुधबारको तुलनामा कारोबार रकम भने घटेको छ।

बिहीबार कारोबारमा आएका १३ उपसमूहमा म्युचुअल फण्डबाहेक १२ वटा उपसमूहको सूचक सकारात्मक देखिएको छ। जसमा विकास बैंक उपसमूहको सूचक सबैभन्दा धेरै बढेको छ।

यस दिन बाराही हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने जोशी,न्यादी र इष्टर्न हाइड्रोपावरको शेयरमूल्य पनि उच्च बढेको छ।

यता ग्रामिण विकास लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ४.१६ प्रतिशतले बढेको छ भने आदर्श लघुवित्त र विन लघुवित्तको शेयरमूल्य पनि उच्च घटेको छ।

बिहीबार अपि पावरको सबैभन्दा धेरै ५ करोड ८६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नविल बैंक, ङादी गूप पावर र स्ट्यान्डर्ड चाटर्ड बैंकको पनि उच्च कारोबार भएको छ।

 

Published Date: 09 February 2023
Website | + posts




















ताजा
तीन वर्षदेखि अधुरै चाँगुनारायण प्रवेशद्वार, आक्रोशित स्थानीयले गरे सडक अवरुद्ध
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?
एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ: प्रधानमन्त्री बालेन शाह
दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” आज राति ८ बजेदेखि प्रारम्भ हुँदै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?