इन्डोनेसियामा गएको ५.२ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा चार जनाको मृत्यु

इन्डोनेसियामा गएको ५.२ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा चार जनाको मृत्यु : Icon Khabar

इन्डोनेसिया, माघ २६ । बिहीबार इन्डोनेसियाको पूर्वी क्षेत्र पपुवामा गएको ५.२ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ भने धेरै भवनमा क्षति पुगेको देशको प्रकोप एजेन्सीले जनाएको छ ।

भूकम्पको केन्द्रबिन्दु पपुवा प्रान्तको राजधानी सहर जयपुराबाट १० किलोमिटर गहिराइमा रहेको इन्डोनेसियाको भूभौतिकी निकायले जनाएको छ ।

भूकम्पका कारण भवन भत्किँदा चारैजना पीडित एक क्याफेमा थिए, जयपुराको प्रकोप एजेन्सीका प्रमुख असप खालिदले एक विज्ञप्तिमा भने। दुई–तीन सेकेण्डसम्म भूकम्पको धक्का महसुस भएकोले स्थानीयमा त्रास फैलिएको उनले बताए ।

सामाजिक सञ्जालमा अप्रमाणित फुटेजले बन्दरगाहको एक भवन समुद्रमा खसेको र शहरको एउटा मल र अस्पतालमा हल्का क्षति भएको देखाएको छ। युरोपेली भूमध्य भूकम्प विज्ञान केन्द्रले ५.५ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।

पपुवामा बिहीबारको भूकम्प यस वर्ष जनवरीदेखि यस क्षेत्रमा रेकर्ड गरिएका एक हजार भन्दा बढी मध्ये एक थियो।

“जनवरी २, २०२३ देखि, जयपुरा वरिपरि १,०७९ भूकम्प गएका छन्, जसमा त्यहाँका बासिन्दाहरूले करिब १३२ वटा महसुस गरेका छन्,” इन्डोनेसियाको भूभौतिकी निकाय प्रमुख, द्विकोरिता कर्णावतीले भने।

Published Date: 09 February 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २९ गते आइतबार
सूर्योदय सेकेन्डरी स्कुलको ४५औँ वार्षिकोत्सव सम्पन्न, “सूर्योदय रत्न सम्मान” किरण सुवाललाई प्रदान
विश्व प्रसिद्व भारतीय गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न






ट्रेन्डिङ
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा