इन्डोनेसियामा गएको ५.२ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा चार जनाको मृत्यु

इन्डोनेसियामा गएको ५.२ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा चार जनाको मृत्यु : Icon Khabar

इन्डोनेसिया, माघ २६ । बिहीबार इन्डोनेसियाको पूर्वी क्षेत्र पपुवामा गएको ५.२ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ भने धेरै भवनमा क्षति पुगेको देशको प्रकोप एजेन्सीले जनाएको छ ।

भूकम्पको केन्द्रबिन्दु पपुवा प्रान्तको राजधानी सहर जयपुराबाट १० किलोमिटर गहिराइमा रहेको इन्डोनेसियाको भूभौतिकी निकायले जनाएको छ ।

भूकम्पका कारण भवन भत्किँदा चारैजना पीडित एक क्याफेमा थिए, जयपुराको प्रकोप एजेन्सीका प्रमुख असप खालिदले एक विज्ञप्तिमा भने। दुई–तीन सेकेण्डसम्म भूकम्पको धक्का महसुस भएकोले स्थानीयमा त्रास फैलिएको उनले बताए ।

सामाजिक सञ्जालमा अप्रमाणित फुटेजले बन्दरगाहको एक भवन समुद्रमा खसेको र शहरको एउटा मल र अस्पतालमा हल्का क्षति भएको देखाएको छ। युरोपेली भूमध्य भूकम्प विज्ञान केन्द्रले ५.५ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।

पपुवामा बिहीबारको भूकम्प यस वर्ष जनवरीदेखि यस क्षेत्रमा रेकर्ड गरिएका एक हजार भन्दा बढी मध्ये एक थियो।

“जनवरी २, २०२३ देखि, जयपुरा वरिपरि १,०७९ भूकम्प गएका छन्, जसमा त्यहाँका बासिन्दाहरूले करिब १३२ वटा महसुस गरेका छन्,” इन्डोनेसियाको भूभौतिकी निकाय प्रमुख, द्विकोरिता कर्णावतीले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 February 2023
Website | + posts