चार महिनामा देशमा भित्रियो ५ खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ रेमिट्यान्स

चार महिनामा देशमा भित्रियो ५ खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ रेमिट्यान्स : Icon Khabar

काठमाडौं, मंसिर २७ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा ५ खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय स्थिति रिपोर्टअनुसार यो रेमिट्यान्स रकम गत आवको यसै अवधिको तुलनामा ९.१ प्रतिशतले बढी हो । यो कात्तिक महिनामा मात्रै १ खर्ब १४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । असोजमा हालसम्मकै उच्च १ खर्ब ४४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

अमेरिकी डलरमा चार महिनामा ३ अर्ब ८७ करोड रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३ अर्ब ६० करोड रहेको थियो ।

वैदेशिक रोजगारमा जानेको संख्या समेत बढेको छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ४७ हजार ४७८ र पुनः श्रम स्वीकृति लिनेको संख्या ९४ हजार १०५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख ३७ हजार ४७५ र ६८ हजार ८४१ रहेको थियो ।

Published Date: 12 December 2024


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
विदेश अध्ययनका लागि विद्यार्थीको पहिलो रोजाइ बन्दै आर्गस एजुकेशन भक्तपुर