जनकपुर बन्यो प्लेअफमा पुग्ने पहिलो टोली, काठमाडौं पराजित

जनकपुर बन्यो प्लेअफमा पुग्ने पहिलो टोली, काठमाडौं पराजित : Icon Khabar

काठमाडौं, मंसिर २७ । नेपाल प्रिमियर लिग अन्तर्गत आज भएको दोस्रो खेलमा जनकपुरले काठमाडौं गुर्खाजलाई पराजित गरेको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौलाई ५ विकेटले पराजित गर्दै जनकपुर प्लेअफमा पुगेको हो । जनकपुर प्लेअफमा पुग्ने पहिलो टोली हो ।

टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं गुर्खाजले जनकपुरलाई १०२ रनको लक्ष्य दिएको थियो । जनकपुरले मात्रै ५ विकेटको क्षतिमा १६ औं ओभरको अन्तिम बल अघि नै लक्ष्य पूरा गरेको हो । ६ खेलमा ५ मा विजय हात पार्दै जनकपुरले प्लेअफमा स्थान निश्चित गरेको हो । अन्तिम खेलमा चितवन राइनोजलाई पराजित गरेमा जनकपुरको क्वालिफायर्स १ मा पक्का गर्नेछ । जनकपुरले १ सय २ रनको लक्ष्य १५.५ ओभरमा १ सय ४ रन बनाउँदै पूरा गरेको थियो । हर्ष ठाकर २५ बल खेलि समान १ चौका र छक्का प्रहार गर्दै २५ र मोहम्मद मोहसिन ७ बलमा ३ चौका प्रहार गरी १३ रनमा अविजित रहे ।

लाहिरु मिलान्था २० बलमा २ चौका प्रहार गरी १६, आसिफ शेख २, कप्तान अनिल साह ११ र शुभ कंसाकार ५ रन बनाई आउट भए । जनकपुरबाट जिम्मी निशमले सर्वाधिक २७ रन बनाए । उनले १ चौका र ३ छक्का प्रहार गरे । जनकपुर जितको नजिक पुग्दा उनलाई जेहरार्ड इरसमसले एलबीडब्लु आउट गरे । गुर्खाजबाट करण केसीले ३ ओभरमा १० रन खर्चेर २ तथा इरसमस, दीपेश कँडेल र शाहव आलमले १–१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको गुर्खाज १९.३ ओभर खेलि १ सय १ रनमा अलआउट भयो । ललित राजवंशी र शेर मल्लले ३–३ विकेट लिए । एकै ओभरमा स्टेफन इस्किनाजी र सुमित महर्जनलाई आउट गरेका ललितले ४ ओभरमा २ मेडन राख्दै ८ रन खर्चे । तल्लोक्रममा २ विकेट लिएका शेरले ३.३ ओभरमा ११ रन खर्चे । मोहसिनले ४ ओभरमा २० रन खर्चेर २ तथा किशोर महतो र अरनिको यादवले १–१ विकेट लिए ।

इरसमसले गुर्खाजबाट सर्वाधिक २० रन बनाए । उनले २२ बल खेली २ चौका प्रहार गरे । करणले १३ बल खेलि २ चौका र १ छक्काका साथ १९, स्टेफन इस्किनाजीले १९ बल खेली २ चौकासहित १७ रन बनाए । माइकल लेभिट ८, भीम सार्की ४, रशिद खान ७, ड्यान डाउथवेट १, प्रतिक श्रेष्ठ ६ रनमा आउट भए । शाहव ८ रनमा अविजित रहे । गुर्खाजको ५ खेलमा यो तेस्रो हार हो । टोलीले २ खेल जितेको छ । आफ्नो अन्तिम २ खेलमा विजय हात पारेमा गुर्खाजको प्लेअफ पुग्ने सम्भावना रहन्छ ।

Published Date: 12 December 2024


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता