जनकपुर बन्यो प्लेअफमा पुग्ने पहिलो टोली, काठमाडौं पराजित

जनकपुर बन्यो प्लेअफमा पुग्ने पहिलो टोली, काठमाडौं पराजित : Icon Khabar

काठमाडौं, मंसिर २७ । नेपाल प्रिमियर लिग अन्तर्गत आज भएको दोस्रो खेलमा जनकपुरले काठमाडौं गुर्खाजलाई पराजित गरेको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौलाई ५ विकेटले पराजित गर्दै जनकपुर प्लेअफमा पुगेको हो । जनकपुर प्लेअफमा पुग्ने पहिलो टोली हो ।

टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं गुर्खाजले जनकपुरलाई १०२ रनको लक्ष्य दिएको थियो । जनकपुरले मात्रै ५ विकेटको क्षतिमा १६ औं ओभरको अन्तिम बल अघि नै लक्ष्य पूरा गरेको हो । ६ खेलमा ५ मा विजय हात पार्दै जनकपुरले प्लेअफमा स्थान निश्चित गरेको हो । अन्तिम खेलमा चितवन राइनोजलाई पराजित गरेमा जनकपुरको क्वालिफायर्स १ मा पक्का गर्नेछ । जनकपुरले १ सय २ रनको लक्ष्य १५.५ ओभरमा १ सय ४ रन बनाउँदै पूरा गरेको थियो । हर्ष ठाकर २५ बल खेलि समान १ चौका र छक्का प्रहार गर्दै २५ र मोहम्मद मोहसिन ७ बलमा ३ चौका प्रहार गरी १३ रनमा अविजित रहे ।

लाहिरु मिलान्था २० बलमा २ चौका प्रहार गरी १६, आसिफ शेख २, कप्तान अनिल साह ११ र शुभ कंसाकार ५ रन बनाई आउट भए । जनकपुरबाट जिम्मी निशमले सर्वाधिक २७ रन बनाए । उनले १ चौका र ३ छक्का प्रहार गरे । जनकपुर जितको नजिक पुग्दा उनलाई जेहरार्ड इरसमसले एलबीडब्लु आउट गरे । गुर्खाजबाट करण केसीले ३ ओभरमा १० रन खर्चेर २ तथा इरसमस, दीपेश कँडेल र शाहव आलमले १–१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको गुर्खाज १९.३ ओभर खेलि १ सय १ रनमा अलआउट भयो । ललित राजवंशी र शेर मल्लले ३–३ विकेट लिए । एकै ओभरमा स्टेफन इस्किनाजी र सुमित महर्जनलाई आउट गरेका ललितले ४ ओभरमा २ मेडन राख्दै ८ रन खर्चे । तल्लोक्रममा २ विकेट लिएका शेरले ३.३ ओभरमा ११ रन खर्चे । मोहसिनले ४ ओभरमा २० रन खर्चेर २ तथा किशोर महतो र अरनिको यादवले १–१ विकेट लिए ।

इरसमसले गुर्खाजबाट सर्वाधिक २० रन बनाए । उनले २२ बल खेली २ चौका प्रहार गरे । करणले १३ बल खेलि २ चौका र १ छक्काका साथ १९, स्टेफन इस्किनाजीले १९ बल खेली २ चौकासहित १७ रन बनाए । माइकल लेभिट ८, भीम सार्की ४, रशिद खान ७, ड्यान डाउथवेट १, प्रतिक श्रेष्ठ ६ रनमा आउट भए । शाहव ८ रनमा अविजित रहे । गुर्खाजको ५ खेलमा यो तेस्रो हार हो । टोलीले २ खेल जितेको छ । आफ्नो अन्तिम २ खेलमा विजय हात पारेमा गुर्खाजको प्लेअफ पुग्ने सम्भावना रहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 December 2024
Website | + posts
ताजा
आमायाङ्ग्री पदयात्रा: हिमालको दृश्यसँगै प्रकृतिको अनुपम सौन्दर्य (फोटो फिचर)
शिक्षण अस्पतालले आगामी माघ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रमको उपचार सेवा बन्द गर्ने
बलिउड अभिनेत्री सन्नी लियोनले गरिन् नेपालको प्रशंसा
सोमबार सुनको मूल्य प्रतितोला ४ हजार १ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपूर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगितामा भक्तपूर मोडर्न स्कूलको उत्कृष्ट प्रदर्शन