लामिछानेले राहदानी विभागमा बुझाएको राहदानीबारे सरकारी वकिल कार्यालयको छानबिन सुरु

लामिछानेले राहदानी विभागमा बुझाएको राहदानीबारे सरकारी वकिल कार्यालयको छानबिन सुरु : Icon Khabar

काठमाडौँ, माघ २६ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले राहदानी विभागमा बुझाएको राहदानीबारे जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले छानबिन सुरु गरेको छ । लामिछानेले अवैध नागरिकताको प्रमाणपत्र प्रयोग गरी नेपाली राहदानी दुरुपयोग गरेको उजुरीमाथि कार्यालयले अनुसन्धान सुरु गरेको हो।

लामिछानेविरुद्ध फागुन ७ गते मंगलबार परेको उजुरीमाथि सरकारी वकिलको कार्यालयले छानबिन गर्न लागेको हो ।

युवराज पौडेल (सफल)ले लामिछानेविरुद्ध राहदानी दुरुपयोग गरेको उजुरी दिएका छन् । लामिछानेको नागरिकता विवादमा पौडेलले यसअघि सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंले लामिछानेविरुद्ध उजुरी दर्ता गर्न अस्वीकार गरेपछि पौडेलले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा उजुरी दिएका थिए ।

पौडेलले दिएको बयानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले माथि उल्लेखित निकायबाट कागजात र थप विवरण मागेको हो ।
लामिछानेको नागरिकता विवादमा परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता प्राप्त गर्ने प्रक्रिया सुरु नगरेको र लामिछानेसँग नेपाली नागरिकता नभएको ठहर गरेको छ ।

सर्वोच्चको फैसलापछि लामिछानेले पार्टी अध्यक्ष, सांसद, उपप्रधानमन्त्री र गृहमन्त्री पद गुमाएका थिए ।

Published Date: 09 February 2023
Website | + posts




















ताजा
तीन वर्षदेखि अधुरै चाँगुनारायण प्रवेशद्वार, आक्रोशित स्थानीयले गरे सडक अवरुद्ध
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?
एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ: प्रधानमन्त्री बालेन शाह
दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” आज राति ८ बजेदेखि प्रारम्भ हुँदै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?