लामिछानेले राहदानी विभागमा बुझाएको राहदानीबारे सरकारी वकिल कार्यालयको छानबिन सुरु

लामिछानेले राहदानी विभागमा बुझाएको राहदानीबारे सरकारी वकिल कार्यालयको छानबिन सुरु : Icon Khabar

काठमाडौँ, माघ २६ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले राहदानी विभागमा बुझाएको राहदानीबारे जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले छानबिन सुरु गरेको छ । लामिछानेले अवैध नागरिकताको प्रमाणपत्र प्रयोग गरी नेपाली राहदानी दुरुपयोग गरेको उजुरीमाथि कार्यालयले अनुसन्धान सुरु गरेको हो।

लामिछानेविरुद्ध फागुन ७ गते मंगलबार परेको उजुरीमाथि सरकारी वकिलको कार्यालयले छानबिन गर्न लागेको हो ।

युवराज पौडेल (सफल)ले लामिछानेविरुद्ध राहदानी दुरुपयोग गरेको उजुरी दिएका छन् । लामिछानेको नागरिकता विवादमा पौडेलले यसअघि सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंले लामिछानेविरुद्ध उजुरी दर्ता गर्न अस्वीकार गरेपछि पौडेलले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा उजुरी दिएका थिए ।

पौडेलले दिएको बयानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले माथि उल्लेखित निकायबाट कागजात र थप विवरण मागेको हो ।
लामिछानेको नागरिकता विवादमा परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता प्राप्त गर्ने प्रक्रिया सुरु नगरेको र लामिछानेसँग नेपाली नागरिकता नभएको ठहर गरेको छ ।

सर्वोच्चको फैसलापछि लामिछानेले पार्टी अध्यक्ष, सांसद, उपप्रधानमन्त्री र गृहमन्त्री पद गुमाएका थिए ।

Published Date: 09 February 2023
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय