मालपोत र नापी कार्यालयलाई सूचना प्रविधिमैत्री बनाइने

मालपोत र नापी कार्यालयलाई सूचना प्रविधिमैत्री बनाइने : Icon Khabar

काठमाडौं, माघ २६ । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले मालपोत तथा नापी कार्यालयलाई क्रमशः सूचना प्रविधियुक्त सेवा प्रवाह केन्द्रमा रुपान्तरण गर्ने योजना अघि सारेको छ । परम्परागत अभिलेख राख्ने र सेवा प्रवाह प्रणालीलाई डिजिटल प्रणालीमा रुपान्तरण गर्न मन्त्रालयले योजना ल्याएको हो ।

मन्त्रालयका सचिव डा दामोदर रेग्मीले जग्गासम्बन्धी सबै कार्यालयमा जियो कोडेड सूचना प्रणाली र भूमि सेवा केन्द्र विस्तार गरी जग्गाधनीलाई डिजिटल नम्बर उपलब्ध गराउने मन्त्रालयले लक्ष्य राखेको बताए ।

‘मेरो कित्ता’ प्रणाली लागू भएपछि जग्गाधनीले घरमै बसेर आफ्नो जग्गाको नक्सा प्राप्त गर्न सक्नेछन्। रुपान्तरण प्रक्रियाअन्तर्गत मालपोत कार्यालयका १ करोडभन्दा बढी कागजी कागजातलाई डिजिटलाइजेसन र अभिलेखीकरण गर्न बजेटको अभाव ठूलो चुनौती बनेको छ। ’ सचिव रेग्मीले भने ।

चालू आर्थिक वर्षमा भूमि प्रशासनको सेवालाई प्रभावकारी बनाउन मालपोत कार्यालय र नापी विभागको सूचना प्रणालीलाई एकीकृत गर्न मन्त्रालयका मातहतका विभागहरूलाई निर्देशन दिइएको उनले बताए । उनका अनुसार अहिले मुलुकमा २१ वटा भूमिसुधार र ११० वटा मालपोत कार्यालय छन् । त्यसैगरी देशभर एक सय ३१ नापी कार्यालय र सात विशेष सर्वेक्षण कार्यालय छन् ।

कार्यालयहरूले वार्षिक १ खर्ब ५० अर्ब रुपैयाँ राजस्व उठाउँदै आएका छन् । प्राप्त राजस्वमध्ये संघीय तहमा ५० अर्ब, स्थानीय तहमा ६० अर्ब र प्रदेश तहमा ४० अर्ब रुपैयाँ बाँकी छ ।

Published Date: 09 February 2023
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय