मालपोत र नापी कार्यालयलाई सूचना प्रविधिमैत्री बनाइने

मालपोत र नापी कार्यालयलाई सूचना प्रविधिमैत्री बनाइने : Icon Khabar

काठमाडौं, माघ २६ । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले मालपोत तथा नापी कार्यालयलाई क्रमशः सूचना प्रविधियुक्त सेवा प्रवाह केन्द्रमा रुपान्तरण गर्ने योजना अघि सारेको छ । परम्परागत अभिलेख राख्ने र सेवा प्रवाह प्रणालीलाई डिजिटल प्रणालीमा रुपान्तरण गर्न मन्त्रालयले योजना ल्याएको हो ।

मन्त्रालयका सचिव डा दामोदर रेग्मीले जग्गासम्बन्धी सबै कार्यालयमा जियो कोडेड सूचना प्रणाली र भूमि सेवा केन्द्र विस्तार गरी जग्गाधनीलाई डिजिटल नम्बर उपलब्ध गराउने मन्त्रालयले लक्ष्य राखेको बताए ।

‘मेरो कित्ता’ प्रणाली लागू भएपछि जग्गाधनीले घरमै बसेर आफ्नो जग्गाको नक्सा प्राप्त गर्न सक्नेछन्। रुपान्तरण प्रक्रियाअन्तर्गत मालपोत कार्यालयका १ करोडभन्दा बढी कागजी कागजातलाई डिजिटलाइजेसन र अभिलेखीकरण गर्न बजेटको अभाव ठूलो चुनौती बनेको छ। ’ सचिव रेग्मीले भने ।

चालू आर्थिक वर्षमा भूमि प्रशासनको सेवालाई प्रभावकारी बनाउन मालपोत कार्यालय र नापी विभागको सूचना प्रणालीलाई एकीकृत गर्न मन्त्रालयका मातहतका विभागहरूलाई निर्देशन दिइएको उनले बताए । उनका अनुसार अहिले मुलुकमा २१ वटा भूमिसुधार र ११० वटा मालपोत कार्यालय छन् । त्यसैगरी देशभर एक सय ३१ नापी कार्यालय र सात विशेष सर्वेक्षण कार्यालय छन् ।

कार्यालयहरूले वार्षिक १ खर्ब ५० अर्ब रुपैयाँ राजस्व उठाउँदै आएका छन् । प्राप्त राजस्वमध्ये संघीय तहमा ५० अर्ब, स्थानीय तहमा ६० अर्ब र प्रदेश तहमा ४० अर्ब रुपैयाँ बाँकी छ ।

Published Date: 09 February 2023
Website | + posts




















ताजा
तीन वर्षदेखि अधुरै चाँगुनारायण प्रवेशद्वार, आक्रोशित स्थानीयले गरे सडक अवरुद्ध
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?
एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ: प्रधानमन्त्री बालेन शाह
दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” आज राति ८ बजेदेखि प्रारम्भ हुँदै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?