भन्सार महसुल दर घटाएपछि एकैदिन सुनको मूल्य प्रतितोला १५ हजार ९०० रुपैयाँले घट्यो

भन्सार महसुल दर घटाएपछि एकैदिन सुनको मूल्य प्रतितोला १५ हजार ९०० रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, मंसिर १० । सरकारले सुन र चाँदीमा लाग्ने भन्सार महसुल दर घटाएको छ । जसमा सुनमा भन्सार महसुल दर २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेको छ ।

यस्तै, चाँदीमा लाग्ने भन्सार महसुल दर १५ प्रतिशतबाट घटाएर १० प्रतिशत बनाइएको छ । मंसिर ६ गते मन्त्रिपरिषद्को बैठकले महसुल दर घटाउने निर्णय गरेको हो।

यसअघि गत जेठ १५ गते तत्कालीन अर्थमन्त्री वर्षमान पुनले आर्थिक ऐन मार्फत सुनको भन्सारदर २० प्रतिशत पुर्याएका थिए । सो लगत्तै नेपाली बजारमा सुनको भाउ महँगो हुन पुगेको थियो ।

भन्सार महसुल दर घटेसँगै सुनको भाउ आज एकैदिन तोलामा करिब १६ हजार रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १५ हजार ९०० रुपैयाँले घटेर १ लाख ५१ हजार ३०० रुपैयाँमा झरेको छ ।

यसअघि, आइतबार छापावाल सुनको भाउ १ लाख ६७ हजार २०० रुपैयाँ कायम रहेको थियो ।

यता, सोमबार चाँदीको भाउ पनि तोलामा ११५ रुपैयाँले घटेर १८ सय ४५ रुपैयाँमा झरेको छ । आइतबार चाँदीको भाउ तोलाको १९ सय ६० रुपैयाँ रहेको थियो ।

Published Date: 25 November 2024


ताजा
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?
१५० बाँसुरीवादक र १५० कलाकारको सामूहिक नृत्यले गुञ्जियो भक्तपुर दरबार क्षेत्र
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड