भन्सार महसुल दर घटाएपछि एकैदिन सुनको मूल्य प्रतितोला १५ हजार ९०० रुपैयाँले घट्यो

भन्सार महसुल दर घटाएपछि एकैदिन सुनको मूल्य प्रतितोला १५ हजार ९०० रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, मंसिर १० । सरकारले सुन र चाँदीमा लाग्ने भन्सार महसुल दर घटाएको छ । जसमा सुनमा भन्सार महसुल दर २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेको छ ।

यस्तै, चाँदीमा लाग्ने भन्सार महसुल दर १५ प्रतिशतबाट घटाएर १० प्रतिशत बनाइएको छ । मंसिर ६ गते मन्त्रिपरिषद्को बैठकले महसुल दर घटाउने निर्णय गरेको हो।

यसअघि गत जेठ १५ गते तत्कालीन अर्थमन्त्री वर्षमान पुनले आर्थिक ऐन मार्फत सुनको भन्सारदर २० प्रतिशत पुर्याएका थिए । सो लगत्तै नेपाली बजारमा सुनको भाउ महँगो हुन पुगेको थियो ।

भन्सार महसुल दर घटेसँगै सुनको भाउ आज एकैदिन तोलामा करिब १६ हजार रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १५ हजार ९०० रुपैयाँले घटेर १ लाख ५१ हजार ३०० रुपैयाँमा झरेको छ ।

यसअघि, आइतबार छापावाल सुनको भाउ १ लाख ६७ हजार २०० रुपैयाँ कायम रहेको थियो ।

यता, सोमबार चाँदीको भाउ पनि तोलामा ११५ रुपैयाँले घटेर १८ सय ४५ रुपैयाँमा झरेको छ । आइतबार चाँदीको भाउ तोलाको १९ सय ६० रुपैयाँ रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 November 2024
Website | + posts




ताजा
मोन्था चक्रवातको प्रभाव : २६ जिल्लामा सतर्कता अपनाउनु पर्ने
मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढ्यो
सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले ल्यायो नीति
मुस्ताङको लोमान्थाङ, कोरला नाका र मुक्तिनाथ क्षेत्रमा यस वर्षको पहिलो हिमपात, अत्यधिक चिसो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने