रियलको जितमा एमबाप्पेको गोल

रियलको जितमा एमबाप्पेको गोल : Icon Khabar

काठमाडौं, मंसिर १० । रियल म्याड्रिडले स्पेनिस ला लिगामा आइतबार लेगानेसलाई ३-० ले हराएको छ। रियलका लागि केलियन एमबाप्पे, फेडरिको भाल्भार्डे र जुड बेलिङघमले गोल गरे । यो जितपछि रियलले शीर्षस्थानको बार्सिलोनासँगको दूरी ४ अंक भएको छ। शनिबार बार्सिलोना बराबरीमा रोकिएको थियो ।

एमबाप्पेले ४३ औं मिनेटमा गोल गर्दा रियलले पहिलो हाफमा १-० को अग्रता बनायो। रियलमा यो उनको सातौं गोल हो।

भाल्भार्डेले ६६ औं र बेलिङघमले ८५ औं मिनेटमा गोल गरेपछि रियलले सहज जित निकाल्यो । १३ खेलमा रियलको ३० अंक पुगेको छ ।

आइतबारका अन्य खेलमा सेभियाले रायो भाल्कानोलाई १-० ले पराजित गर्यो। ओसासुना र भिल्लारियलले २–२ को बराबरी खेले ।-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 November 2024
Website | + posts




ताजा
मोन्था चक्रवातको प्रभाव : २६ जिल्लामा सतर्कता अपनाउनु पर्ने
मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढ्यो
सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले ल्यायो नीति
मुस्ताङको लोमान्थाङ, कोरला नाका र मुक्तिनाथ क्षेत्रमा यस वर्षको पहिलो हिमपात, अत्यधिक चिसो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने