कमलादीस्थित काठमाडौं प्लाजामा आजदेखि निःशुल्क पार्किङ गर्न पाइने

कमलादीस्थित काठमाडौं प्लाजामा आजदेखि निःशुल्क पार्किङ गर्न पाइने : Icon Khabar

काठमाडौं, मंसिर ७ । कमलादीस्थित काठमाडौं प्लाजामा आजदेखि निःशुल्क पार्किङ गर्न पाइने भएको छ ।

काठमाडौं महानगरपालिकाले आज सूचना जारी गरी आज साँझ साढे ५ बजेदेखि राति ११ बजेसम्म महानगरको कार्यालय परिसर गाडी पार्किङका लागि खुला हुने जानकारी दिएको हो ।

यो सुविधाले कमलादी, कमलपोखरी, पुतलीसडक, दरबारमार्ग ती क्षेत्र आसपासको सवारी साधन पार्किङ सहज हुने विश्वास महानगरको छ ।

काठमाडौं महानगरपालिकाका प्रशासन विभाग प्रमुख ध्रुवकुमार काफ्ले भन्छन् , ‘यो सुविधा दुई पाङ्ग्रे र ४ पाङ्ग्रे दुवै खालका सवारी साधनका लागि हो । अब कमलादी, पुतलीसडक, दरबार मार्ग, हात्तीसार, कमलपोखरीलगायत स्थानको यातायात आवागमन र पार्किङमा सहजता हुनेछ ।’

Published Date: 22 November 2024








ताजा
कटुन्जेको मनोरम स्कूलमा यहि वैशाख १२ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
भक्तपुरको मालपोत कार्यालयमा सेवा प्रवाहमा अवरोध पुर्‍याउने ११ जना पक्राउ
मुगुको रारा ताल: प्रकृतिको अनुपम उपहार
तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाह मातहतमै रहने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा