देशभर ३२ हजार ७ सय जनामा डेंगु संक्रमण पुष्टि हुँदा १३ जनाको मृत्यु

देशभर ३२ हजार ७ सय जनामा डेंगु संक्रमण पुष्टि हुँदा १३ जनाको मृत्यु : Icon Khabar

काठमाडौँ, मंसिर ७ । पुस तेस्रो सातायता देशभर ३२ हजार ७ सय जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जसमध्ये १३ जनाको मृत्यु भएको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।

ईडीसीडीको पछिल्लो तथ्यांक अनुसार सङ्क्रमितमध्ये सबैभन्दा बढी गण्डकी प्रदेशमा १५ हजार ३३४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै, सबैभन्दा कम संक्रमित कर्णाली प्रदेशमा छन् । उक्त प्रदेशमा ३ सय ४७ जना सङ्क्रमित छन् । यस्तै, कोशीमा १ हजार ९५९ जना र मधेस प्रदेशमा ५७० जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, बागमतीमा ११ हजार ४२४ जना, लुम्बिनीमा १ हजार ६९७ जनामा संक्रमण पुष्टि हुँदा सुदूरपश्चिममा १ हजार ३६९ जनामा पुष्टि भएको ईडीसीडीले जनाएको छ ।

यस्तै, जिल्लागत रूपमा सबैभन्दा बढी कास्कीमा ७ हजार ५२३ जनामा सङ्क्रमण देखिएको छ । देशभर ७७ जिल्लामध्ये हुम्ला बाहेक सबै (७६ जिल्ला) मा डेंगु देखिएको ईडीसीडीले जनाएको छ ।

Published Date: 22 November 2024
ताजा
“दैनिक भक्तपुर अपडेट” सुरु हुँदै: प्रत्येक दिन बेलुकी ९ बजे समाचार संक्षेप सार्वजनिक गरिने
सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?
तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते
पहाडी र हिमाली भू-भागमा मेघगर्जसहित वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता