देशभर ३२ हजार ७ सय जनामा डेंगु संक्रमण पुष्टि हुँदा १३ जनाको मृत्यु

देशभर ३२ हजार ७ सय जनामा डेंगु संक्रमण पुष्टि हुँदा १३ जनाको मृत्यु : Icon Khabar

काठमाडौँ, मंसिर ७ । पुस तेस्रो सातायता देशभर ३२ हजार ७ सय जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जसमध्ये १३ जनाको मृत्यु भएको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।

ईडीसीडीको पछिल्लो तथ्यांक अनुसार सङ्क्रमितमध्ये सबैभन्दा बढी गण्डकी प्रदेशमा १५ हजार ३३४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै, सबैभन्दा कम संक्रमित कर्णाली प्रदेशमा छन् । उक्त प्रदेशमा ३ सय ४७ जना सङ्क्रमित छन् । यस्तै, कोशीमा १ हजार ९५९ जना र मधेस प्रदेशमा ५७० जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, बागमतीमा ११ हजार ४२४ जना, लुम्बिनीमा १ हजार ६९७ जनामा संक्रमण पुष्टि हुँदा सुदूरपश्चिममा १ हजार ३६९ जनामा पुष्टि भएको ईडीसीडीले जनाएको छ ।

यस्तै, जिल्लागत रूपमा सबैभन्दा बढी कास्कीमा ७ हजार ५२३ जनामा सङ्क्रमण देखिएको छ । देशभर ७७ जिल्लामध्ये हुम्ला बाहेक सबै (७६ जिल्ला) मा डेंगु देखिएको ईडीसीडीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 November 2024
Website | + posts




ताजा
काठमाडौँमा अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरीतका संरचना हटाउन निर्देशन
शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढ्यो
आजदेखि सिनेमा हलमा ‘परान’
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने