बिहीबार नेप्से परिसूचक ३१.३१ अंकले घट्यो

बिहीबार नेप्से परिसूचक ३१.३१ अंकले घट्यो : Icon Khabar

काठमाडौं, मंसिर ६ । बिहीबार नेप्से परिसूचक ३१.३१ विन्दुले घटेपछि सूचक २६८०.४४ अंकमा आएको छ। सूचकको गिरावटसँगै केही दिनयता कारोबार रकम १० अर्बभन्दा तलतिरै आएको छ । बिहीबार ८ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

आज ३ सय १४ कम्पनीको १ करोड ८४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २५ करोड २४ लाखसहित कारोबार रकममा नेपाल फाइनान्स अग्रस्थानमा आएको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी ग्रुप पावर र रसुवागढी हाइड्रोपावर परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 November 2024
Website | + posts