भोलि शुक्रबारदेखि नयाँ नेपाली फिल्म ‘तेल भिसा’ प्रदर्शनमा आउने

भोलि शुक्रबारदेखि नयाँ नेपाली फिल्म ‘तेल भिसा’ प्रदर्शनमा आउने : Icon Khabar

काठमाडौं, मंसिर ६ । भोलि मंसिर ७ गते अर्थात शुक्रबारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘तेल भिसा’ को अग्रीम बुकिङ खुला गरिएको छ ।

शंकर घिमिरेले १२ पछि निर्देशनमा कमव्याक गरेको यो फिल्मले देशभरका सिंगलस्क्रिनदेखि मल्टीप्लेक्ससम्म राम्रो शो पाएको छ । फिल्मको अग्रीम टिकट बुकिङ पनि राम्रो देखिएको छ ।

देशकै ठूलो मल्टीप्लेक्स चेन क्युएफएक्सले काठमाडौं उपत्यकामा २५ शो तथा मोफसलमा पनि २५ शो उपलब्ध गराएको छ । यस्तै, देशको दोस्रो ठुलो मल्टीप्लेक्स चेन आइएनआई सिनेमाजले ९ शो, वान सिनेमाजले ७ शो, एफक्युबले ६ शो, बिग मूभिजले ४ शो, बिएसआर मूभिजले ३ शो, रञ्जना सिनेप्लेक्सले ५ शो, सिके सिनेमाजले ३ शो, सिने डी सेफले ४ शो र कीर्तिपुर सिनेप्लेक्सले १ शो उपलब्ध गराएका छन् ।

यो फिल्मले देशभरका सिनेमा हलमा डेढ सय हाराहारीमा शो पाएको देखिन्छ । यो नेपाली फिल्मका लागि उपलब्ध राम्रो शो हो । यी मात्रै शोमा दर्शकको अकुपेन्सी आक्रामक देखिएमा एक करोड रुपैयाँ बढी ओपनिङ कलेक्सन हुने गर्छ । त्यसपछि फिल्मले दर्शकबाट उत्कृष्ट वर्डअफ माउथ पाएको खण्डमा शो बढ्दै जाने हल सञ्चालक तथा वितरकको भनाई छ । अझै केही हलरुमा अग्रीम टिकट बुकिङ खुल्ने क्रम जारी छ ।

शंकर घिमिरेको लेखन तथा निर्देशनमा निर्माण भएको यो फिल्ममा अभिनेता विपिन कार्कीलाई बुवा तथा छोरागरी दोहोरो भूमिका हेर्न पाइनेछ । यो फिल्ममा विपिनसँगै वर्षा राउत, पुजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरुको अभिनय रहेको छ ।

वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुति रहेको यो फिल्ममा अनिल पाण्डे र शिवराज कार्कीको लगानी छ । प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत र अजय खड्काको सम्पादन छ ।

प्रतिकृया दिनुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 November 2024
ताजा
चौथौं हिसान अन्तरविद्यालय फुटसल प्रतियोगिता सफलतापूर्वक सम्पन्न
मौसम पूर्वानुमान : यी स्थानहरुमा वर्षाको सम्भावना
हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै फागुपूर्णिमा पर्व
मध्यपूर्वी क्षेत्रमा देखिएको तनाव कूटनीति र संवाद मार्फत समाधान गर्न नेपालको आह्वान


ट्रेन्डिङ
पाण्डुबजार हाइटमा अवस्थित वि किड्स स्कुलको स्पोर्टस् कार्निभल २०८२ सम्पन्न
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो